क्यान इन्फोटेकको लागि स्टल बुकिङ बिहीबारबाट, अनलाइनबाट बुकिङ गर्न सकिने

काठमाडौं । कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान) को आयोजनामा हुने २७औँ संस्करणको क्यान इन्फोटेकका लागि स्टल बुकिङ खुल्ला गरिएको छ । महासंघका अनुसार पुस १५ गते बिहीबार बिहान बजेबाट स्टल बुकिङ गर्न सकिनेछ ।

स्टल बुकिङ अनलाइनबाट गर्न सकिने महासंघले जनाएको छ । stalls.can.org.np बाट स्टल बुकिङ गर्न सकिनेछ । इ–बैंकिङ, कनेक्ट आइपिएस, क्युआर कोडबाट तथा बैंक खातामा रकम पठाएर स्टल बुकिङ गर्न सकिने महासंघले जनाएको छ । स्टलको बुकिङका लागि ५० प्रतिशत शुल्क अग्रिम भुक्तानी गर्नुपर्नेछ ।

आगामी माघ १८ देखि २३ गतेसम्म क्यान भृकुटीमण्डपमा क्यान इन्फोटेक हुँदेछ ।

कोभिडलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि इन्फोटक गरिने अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.