पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरा १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा आयोजना गरिएको राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
नेपाल धितोपत्र बोर्डको अगुवाईमा स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, एमबान, एसबान, इक्रा नेपाल, केयर रेटिङ नेपाल, नविल स्टक डिलर, नागरिक स्टक डिलर र एनटिएचएमसिको पोखरा आयोजनामा दुई दिने कार्यक्रम सम्पन्न भएको हो ।
पहिलो दिन चैत ६ गते वित्तिय साक्षरतासम्वन्धी सेमिनार तथा श्रव्य प्रस्तुति र प्यानल डिस्कसनका कार्यक्रम गरिएको थियो ।
शनिबार एनटिएचएमसिमा गरिएको क्यापिटल मार्केट क्विज प्रतियोगितामा पोखराको पृथ्वीनारायण क्यम्पसको मानव पोखरेल र किस्मत पौडेलको टोली प्रथम भएको छ । उक्त टोलीले रुपैयाँ ६० हजार नगर पुरस्कार पाउन सफल भयाे ।
फस्ट रनर अप चितवनको प्रेसिडेन्सि कलेज अफ म्यानेजमेन्टको सन्तोष भट्टराई र विजय अधिकारीको टोली भएको छ । टोलीले रुपैयाँ ४० हजार पाउन सफल भएको छ । सेकेण्ड रनर अप पोखराको त्रिवेणी इन्टरनेशनल कलेजको विनय रिमाल र सागर तिवारीको टोली भएको छ । टोलीले नगद रुपैयाँ ३० हजार प्राप्त गरेको छ ।
युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा आयोजना गरिएको कार्यक्रममा ३५ कलेजका ७० जना विद्यार्थी तथा ३७ टोलीले भाग लिएका थिए । विजेतालाई विशेष अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम पगेनी, मधेश विश्व विद्यालयका भिसि प्राेफेसर डा दीपक शाक्य र सेबाेनका कार्यकारी निर्देशक डा नवराज अधिकारीले पुरस्कार प्रदान गरे ।
समाराेहमा बेल्दै विशेष अतिथि पगेनीले सहभागी विद्यार्थी र विजेताहरूलाई वधाइ दिए । उनले युवा अवस्थादेखि नै पुँजी बजार र वित्तीय प्रणालीबारे ज्ञान राख्नु वर्तमान समयको आवश्यकता भएको बताए। विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई सानै उमेरदेखि बचत गर्ने र त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने बानी बसाल्न आग्रह गरे।
पुँजी बजारमा छिर्नुअघि बजारको जोखिम र अवसरहरूलाई राम्ररी बुझ्न जरुरी रहेको र यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सचेतना जगाउन मद्दत पुग्ने उनको धारणा थियो। उनले विजेताहरूलाई बधाई दिँदै सिकेको ज्ञानलाई व्यवहारमा उतार्न र समाजमा वित्तीय साक्षरता फैलाउने दूतको रूपमा काम गर्न प्रोत्साहन गरे।
समापन समाराेहमा कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले कार्यक्रममा उत्साहका साथ सहभागि हुने सबै कलेज र विद्यार्थीहरुलाई आभार व्यक्त गरे । उनले नेपाल धितोपत्र बोर्डले विभिन्न वित्तिय संस्थाहरुसंगको सहकार्यसंगै गण्डकी प्रदेशकाे पाेखरामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेजलाई होष्ट कलेजको रुपमा रोजेकोमा आभार व्यक्त गरे ।
रेग्मीले स्मार्ट मनि टक्सका, स्मार्ट वित्तिय कार्यका लागि स्मार्ट योङ्ग इन्भेष्टरको खाँचो भएको र यसका लागि स्मार्ट योङ्गस्टरहरु आईसकेको पनि बताए । उनले आर्थिक समृद्धिका लागि उमेरले फरक नपार्ने भएकोले युवाहरुलाई अग्रसर गराउन आवश्यक भएकोमा जोड दिए ।
क्विज मात्रै नभएर ३५ लेजका विद्यार्थीले वित्तिय क्षेत्रका कुराहरु सिक्न पाएको खुसीको सन्देश प्रवाह भएको बताए । प्रिन्सिपल रेग्मीले अब छिट्टै इन्कुवेशन सेन्टर खोल्न लागेको जानकारी दिदैं विजनेस आईडियाहरुलाई रियल लाईफमा उतार्न सहयोगिको भूमिका निर्वाह गर्न आत्तुर रहेको बताउँदै सहभागि र विजेताहरुलाई आभार, वधाई तथा धन्यवाद व्यक्त गरे ।
सेबोनका कार्यकारी निर्देशक डा नवराज अधिकारी, कार्यक्रमका सहयोगि संस्थाहरु, बेटा एनालाईटिक्सका संजिव घिमिरे र विक्रम चित्रकार लगायत सबैलाई कलेज प्रशासन तथा विद्यार्थीले कार्यक्रम सफलतासाथ सम्पन्न गरेको र आगामी दिनमा पनि यस्तै सहकार्यमा रहने अपेक्षा व्यक्त गर्दै वधाई ज्ञापन गरे ।
फाेटाे-किरण भुजेल






Comments are closed.