बैंक तथा वित्तीय संस्था परिसंघमा गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को को अध्यक्षमा पवन गोल्यान निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम वार्षिक साधारणसभाले गोल्यानको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा केशव बहादुर रायमाझी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सहकोषाध्यक्षमा मनोजकुमार केडियालाई निर्वाचित भएका छन् ।

संस्थाको सदस्यहरुमा पृथ्वीबहादुर पाँडे, उपेन्द्रकेशरी न्यौपाने, तुलसी प्रसाद गौतम, इच्छाराज तामाङ, हिरेन्द्रमान प्रधान, महेन्द्रकुुमार गोयल, र दशरथ रिमाल निर्वाचित भएका छन् ।

साधारणसभाको शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद््घाटन गरेका थिए ।

You might also like

Comments are closed.