काठमाडौं । हाम्रो आरम्भद्वारा आयोजित ‘महिलाको लागि सेनिटरी हेरचाह’ मूल नाराका साथ आयोजित मौन र्याली कार्यक्रम शनिबार सम्पन्न भएको छ । कलेज अफ बिजनेस मेनेजमेन्ट (सिबिएम)को नेतृत्वमा कार्यक्रम भएको हो । कार्यक्रममा सिबिएमका विद्यार्थी, शिक्षकसहित अन्य व्यक्तिहरुको उपस्थिति थियो ।
काठमाडौंको डिल्लीबजारदेखि वसन्तपुरसम्मको र्यालीलाई चार्टर एकाउन्टेन्ट, विद्यार्थी, शिक्षक एवं अन्य सर्वसाधारणको उपस्थितिले आकर्षित बनाएको थियो । कार्यक्रमको मुख्य उद्देश्य ‘सेनेटरी प्याड मात्रै नभई उपयुक्त विकल्पको रूपमा सेनेटरी कपलाई पनि लिन सकिन्छ’ भन्दै जनचेतना फैलाउनु रहेको हाम्रो आरम्भ क्लबकी अध्यक्ष अंकिता अधिकारीले बताइन् ।
सिबिएम कलेजका प्राचार्य एवं चार्टर एकाउन्टेन्ट सुमन न्यौपानेले र्यालीमा सय जनालाई भेला गराई दुई सय जनासम्म सन्देश पु¥याउन सके तीन सय जनाले सेनेटरी कपको बारेमा शिक्षा पाउन सक्ने धारणा राखे । ‘राम्रो सन्देश दिने गरी कार्यक्रम सम्पन्न भएको छ,’ उनले भने ।
Comments are closed.