काठमाडौं । सिएट टायरको रिटेलर मिट सम्पन्न भएको छ । सिएट टायरका लागि नेपालको आधिकारिक बिक्रेता एसटिसी अटो प्रालिले बुधबार काठमाडौंमा रिटेलर मिट सम्पन्न गरेको हो । कार्यक्रममा काठमाडौं क्षेत्रका सय भन्दा बढी रिटेलहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै एसटिसी अटोका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले नेपाली बजारमा सिएट टायरले ग्राहकको विश्वास जित्न सफल रहेको बताए । ‘टायरको गुणस्तर र हामीले प्रदान गर्ने सेवाबाट ग्राहकहरु सिएट टायरप्रति विश्वस्त हुनुहुन्छ,’ उनले भने, ‘यो टायर नेपाली बजारमा लोकप्रिय स्थानमा रहन सफल छ ।’
टु–ह्विलर, प्यासेन्जर कार, कमर्सियल सवारीदेख हेभी इक्विपमेन्टसम्मका सबै रेन्जका टायर नेपाली बजारमा उपलब्ध रहेको उप्रेतीले जानकारी दिए । रिटेलरको साथले पनि टायरलाई लोकप्रिय बनाउन योगदान पुगेको उनले बताए ।
सिएट टायर इण्डियाका इन्टरनेशनल बिजनेस हेड रजनिश कुमार शाहले सिएट टायर संसारभर जस्तै नेपालमा पनि लोकप्रिय रहेको बताए । कन्ट्री म्यानेजर अरुणकुमार सेनले नेपालमा हरेक वर्ष बजार विस्तार भइरहेको बताए ।
सन् १९२४ मा इटालीबाट सुरु भएको सिएट टायर सन् १९८२ पछि भारतको आरपिजी ग्रुपको स्वामित्वमा छ । सिएटले ‘जेडी पावर कस्टमर स्याटिस्फेक्सन’मा नम्बर–वान स्थानका साथै २०२३ मा विश्वमै पहिलोपटक जापानबाहिर ‘डेमिङ ग्राण्ड अवार्ड’ जित्ने कीर्तिमान पनि राखेको छ।
आगामी दिनमा नेपाली बजारमा थप बजार विस्तारको रणनीति कम्पनीले तय गरेको छ । ‘रिटेलरहरुको साथ लिएर हामीले सिएट टायरको बजार विस्तार बढाउने रणनीति तय गरेका छौं,’ प्रवन्ध निर्देशक उप्रेतीले भने, ‘टायरको गुणस्तर र हामीले प्रदान गर्ने सेवाका कारण टायर बिक्री थप बृद्धि हुनेमा हामी विश्वस्त छौं ।’
Comments are closed.