बालकुमारीमा नारायणी अटोद्वारा सिएट टायरको नयाँ शोरुम स्थापना

ललितपुर । नारायणी अटो बिजनेश प्रालिले सिएट टायरको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक सुविधासम्पन्न शोरुम स्थापना गरेको हो । शनिबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरिएको छ । ‘सिएट सप्पी’ नामक शोरुमको सिएट इन्डियाका अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै रावले सिएट टायरको नयाँ शोरुमले नेपाली ग्राहकको बदलिदो इच्छा एवं आवश्यकतालाई पुरा गर्न सक्षम हुने विश्वास व्यक्त गरे । ‘नेपाली बजारमा सिएट टायरप्रति ग्राहकको विश्वास बढाउन नयाँ शोरुमले अझै बढी योगदान पुर्याउने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै नारायणी अटो बिजनेश प्रालिका प्रवन्ध निर्देशक अनुपकुमार बरालले विश्वप्रशिद्ध सिएट टायर ब्राण्डसँग जोडिन पाउँदा गौरव महसुस भएको बताए । ‘नेपाली बजारमा सिएट टायरको माग बढिरहेको छ । हामीले सञ्चालनमा ल्याएको शोरुमबाट अझै धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

jutta mela

कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिक्स व्यवसायी संघका निबर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले हरेक सवारी साधनका लागि आवश्यक पर्ने टायर गुणस्तरीय हुनुपर्ने बताए । गुणस्तरीय टायर भएकाले नै सिएटले नेपाली बजारमा बजार विस्तार गर्न सफल भएको उनको भनाइ छ ।

सिएट टायर गुणस्तरीय रहेकाले ग्राहकको माग बढ्दो रहेको सिएटका लागि नेपाल र भुटानका कन्ट्री म्यानेजर राजपाल चड्डाले बताए । सिएटका लागि नेपालको आधिकारिक बिक्रेता श्री एसटिसीका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती (सुरेश)ले सिएटले नेपाली बजारमा ग्राहकको विश्वास जित्दै आइरहेको बताए । ‘ग्राहकलाई सन्तुष्ट हुने गरी हामीले सेवा प्रदान गरिरहेका छौं,’ उनले भने । नयाँ शोरुम उद्घाटनको अवसरमा सिएट खरिदमा ५ देखि १५ प्रतिशतसम्म छुट उपलब्ध रहेको प्रालिले जनाएको छ ।

सिएटले पाँच तारे मान्यता प्राप्त गरेकाले गुणस्तरीय रहेको कम्पनीको दावी छ । गाडीको चक्कामा सरल एवं सन्तुलित तवरले टायर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.