सेन्चुरी मसला नयाँ एयरटाइट जारमा, १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क

काठमाडौं । सेन्चुरी ग्रुप (दुगड स्पाईसेस)ले बजारमा प्रसिद्ध सेन्चुरी मसला नयाँ तथा आकर्षक एयरटाइट जारमा बजारमा उपलब्ध गराइएको छ । कम्पनीले मसलाको गुणस्तर र ताजापन लामो समयसम्म कायम राख्ने उद्देश्यले कम्पनीले नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नयाँ एयरटाइट जारले मसलाको सुगन्ध र गुणस्तरलाई लामो समयसम्म सुरक्षित राख्न मद्दत गर्नेछ । जारको डिजाइन आकर्षक हुनुका साथै प्रयोगपछि पनि घरायसी प्रयोजनका लागि पुनः प्रयोग गर्न सकिने गरी तयार गरिएको छ ।

नयाँ अफरअन्तर्गत ग्राहकहरूले प्रत्येक जार खरिद गर्दा १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क प्राप्त गर्नेछन् । साथै, प्रयोगकर्ताको सहजतालाई ध्यानमा राख्दै प्रत्येक जारभित्र मसला निकाल्नका लागि एउटा चम्चा पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

स्वस्थ जीवनशैलीका लागि गुणस्तरीय तथा स्वच्छ मसलाको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले दैनिक खानामा सेन्चुरी मसलाको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

कम्पनीका अनुसार नयाँ प्याकेजिङले उपभोक्तालाई गुणस्तरीय उत्पादनसँगै थप सुविधा र मूल्य प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सेन्चुरी ग्रुप दिगो विकासको दृढ पक्षधर तथा जिम्मेवार कर्पोरेट समूहका रूपमा देखिदै आएको छ । सधैं उपभोक्ताको हितमा ध्यानदिदै आएको यस कम्पनी पछिल्लो समय आफ्नो उत्पादन र गुणस्तरमा ध्यान दिदै आइरहेको छ ।

नेपालको मसला क्षेत्रमा आफ्नो पहिचान बनाएको यस कम्पनीलाई यो परिस्कृत उत्पादनले पछिल्लो एक कदम माथि उठाएको छ । आगामी दिनमा समेत नयाँ यो जना र उपभोक्ताको हितमा काम गर्ने कम्पनीले जनाएको छ । यो मसला राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा निकै लोकप्रिय छ ।

You might also like

Comments are closed.

Secret Link