काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (CEO) अन्जु श्रेष्ठलाई अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट सम्मान प्रदान गरिएको छ । श्रेष्ठलाई Women’s Tabloid “The Voice of the Women” नामक अन्तर्राष्ट्रिय सञ्चार संस्थाले “Best Woman CEO in Strategic Leadership General Insurance 2025” बाट सम्मानित गरेको हो ।
बेलायतमा मुख्यालय रहेको उक्त संस्था व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा विशेष योगदान पु¥याउने महिलाहरूलाई विश्वभरबाट छनोट गरी प्रत्येक वर्ष विभिन्न विधामा सम्मान गर्दै आएको छ । यही शृंखलामा श्रेष्ठले बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व सम्मान हात पार्न सफल भएकी हुन् ।
सम्मान प्राप्त गरेपछि श्रेष्ठले खुशी व्यक्त गर्दै भनिन्, “यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि मात्र नभई समग्र नेपाली बीमा उद्योगको उपलब्धि हो, र यसमा संलग्न सम्पूर्ण महिलाहरूको सामूहिक पहिचान पनि हो।” उनले यो सफलताको मूल आधार आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई मानेकी छन्।
Women’s Tabloid का व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’कोस्टाले महिलाहरूको व्यवसायिक योगदानको प्रशंसा गर्दै भने, “महिलाहरूले व्यवसाय र नेतृत्वमा पु¥याएको योगदान अद्वितीय छ। हाम्रो प्रयास उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु हो।”
श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवीनता, पारदर्शिता र ग्राहकमुखी सेवामा उल्लेखनीय सुधार ल्याएको छ। रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल प्रविधिको समावेशीकरण र संस्थागत सुशासनमार्फत कम्पनीले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ।
यो सम्मान श्रेष्ठको रणनीतिक सोच, दूरदृष्टि र नेतृत्व क्षमताको अन्तर्राष्ट्रिय स्तरमा मान्यता मात्र नभई नेपाली बीमा क्षेत्रको समग्र प्रगतिको प्रतीक समेत बनेको छ।
Comments are closed.