सीएफमोटो २५० डुअलमा २ वर्षको सवारी कर पूर्ण छुट

काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आकर्षक योजना सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो सर्वाधिक लोकप्रिय डुअल–पर्पोज मोटरसाइकल सीएफमोटो २५० डुअल ईएफआईको खरिदमा २ वर्षको सवारी कर नलाग्ने घोषणा गरेको हो । अफर असार ३२ गतेसम्म लागु हुने जनाइएको छ ।

नेपालको बदलिँदो भौगोलिक अवस्था, दैनिक आवतजावत र एड्भेन्चर यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको यो बाइकले नेपाली ईन्ट्री–लेभल डुअल पर्पोज सेगमेन्टमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

यस मोटरसाइकलको तौल मात्र १५४ केजी रहेको छ । हल्का तौलका कारण नयाँ तथा पुराना दुवै राइडरहरूले यसलाई सजिलै नियन्त्रण गर्न सक्छन् ।अफ–रोड र अन–रोड दुवै अवस्थाका लागि यसमा २४५ मिमीको ग्राउन्ड क्लियरेन्स र ८४० मिमीको सिट हाइट दिइएको छ ।

आरामदायी यात्राका लागि अगाडि यूएसडी र पछाडि मोनोशक सस्पेन्सन राखिएको यस मोटरसाइकलमा रात्रिकालीन सुरक्षाका लागि आकर्षक एलईडी हेडलाइट सिस्टम उपलब्ध छ । ५ लाख ६४ हजार ९ सय रुपैयाँ पर्ने यो मोटरसाइकल यसै सेग्मेन्टका अन्य ब्रान्डका बाइकहरूको तुलनामा निकै उत्कृष्ट मानिएको छ ।

लन्च भएको छोटो अवधिमै १०० भन्दा बढी युनिट बिक्री भइसकेको यस बाइकले एन्ट्री-लेभल एडभेन्चर बाइक सेग्मेन्टमा नयाँ आयाम थप्ने विश्वास कम्पनीको छ।

ग्राहकको सुविधा र पहुँचलाई मध्यनजर गर्दै सीएफमोटो नेपालले काठमाडौं उपत्यकाभित्र नक्साल, टेकु, झम्सिखेल र सल्लाघारी मा आफ्ना अत्याधुनिक शोरुमहरू सञ्चालन गरिरहेको छ । उपत्यका बाहिर चितवन र पोखरामा पनि बिक्रीको सुविधा उपलब्ध छ ।

बिक्रीपछिको सेवालाई थप मजबुत बनाउन कम्पनीले नेपालगञ्ज, बुटवल, हेटौँडा, इटहरी, पोखरा, चितवन र काठमाडौंका विभिन्न स्थानहरूमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ भने स्पेयर पार्ट्स समेत सजिलै पाइने व्यवस्था मिलाएको छ।

सवारी चालकहरूको यात्रालाई थप सुरक्षित बनाउन कम्पनीले देशभर रोडसाइड असिस्टेन्स टोली सक्रिय रूपमा परिचालन गरेको छ । यात्राका क्रममा जुनसुकै ठाउँमा प्राविधिक वा आकस्मिक समस्या आइपरेमा यो टोलीले तत्काल सहयोग उपलब्ध गराउने जनाइएको छ ।

सीएफमोटो ग्लोवलको अन्तर्राष्ट्रिय रणनीति अनुरूप सन् २०२५ देखि नै स्पेयर पाट्र्सको मूल्यलाई ग्राहकमैत्री बनाइएकाले यसको मर्मत खर्च निकै किफायती हुने कम्पनी भनाई छ । कर छुटको यो आकर्षक अवसरले नेपाली राइडरलाई आधुनिक र शक्तिशाली डुअल–पर्पोज बाइक चढ्ने उत्कृष्ट अवसर दिने कम्पनीको दाबी छ ।

You might also like

Comments are closed.