काठमाडौं । सिएफमोटोले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्सपोलाई लक्षित गर्दै आफ्ना दुई मोटरसाइकलमा विशेष छुट योजना ल्याएको छ ।
नाइमा एक्सपोमा २५० एनके मोडल बुकिङ गर्ने ग्राहकले ६० हजार रुपैयाँ नगद छुट पाउनेछन् । यसले मूल्य ५ लाख ५० हजारबाट ४ लाख ९० हजारमा झर्नेछ । त्यस्तै, ३०० एनके मोडलमा ५० हजार रुपैयाँ छुट दिइनेछ । यसको मूल्य ७ लाख ५ हजारबाट ६ लाख ५५ हजारमा उपलब्ध हुनेछ । यो जानकारी आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले दिएको छ ।
एक्सपो भोलिसम्म सञ्चालनमा रहनेछ । कम्पनीले एक्सपो अवधिभर मोटरसाइकल खरिद वा बुकिङ गर्न ग्राहकहरूलाई आग्रह गरेको छ भने एक्सपोपछि मूल्य सामान्य हुने छ ।
यसैगरी, एक्सपोमा कम्पनीले नेकेड स्पोर्ट्स डिजाइनको ३०० एनके र स्पोर्ट्स मोडल ४५० एसआर पनि सार्वजनिक गरेको छ । ४५० एसआरको मूल्य १३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
सिएफमोटो बिक्री मात्र नभई बिक्रीपछिको सेवामा पनि ध्यान दिँदै आएको छ । देशभरका विभिन्न शहरमा कार्यरत मेकानिक्सलाई विशेष तालिम दिइ सेवा स्तर सुधार्न कम्पनी सक्रिय छ।
विश्व बजारमा प्रिमियम मोटरसाइकल ब्रान्डको रूपमा परिचित सिएफमोटोले स्पोर्ट्स, एड्भेन्चर र नेकेड सेग्मेन्टमा २५० एनके, ३०० एनके, ४५० एनके, ४५० एसआरएस, ४५० एमटी, ६७५ एनके, ६७५ एसआरएस र ८०० एमटी लगायतका मोडल उपलब्ध गराएको छ।
Comments are closed.