काठमाडौं । सिफ मोटोको नेपालका आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले संचालन गरेको विशेष सिएफ मोटो ‘मनसुन केयर क्याम्प’ जारी छ ।
ग्राहकको सुविधा तथा आगामी वर्षायाममा सुरक्षित र भरपर्दो सवारी अनुभव सुनिश्चित गर्न क्याम्प संचालन गरिएको बताइएको छ । बैशाख २० गते शुरु भएको सो क्याम्प बैशाख २५ गते सम्म संचालन हुनेछ ।
अभियान अवधिभर ग्राहकले रेगुलर पार्ट्समा १० प्रतिशत छुट, बडी पार्ट्समा २० प्रतिशत छुट, लेबर चार्जमा ५० प्रतिशत छुट, लुब्स र लुब्रिकेन्टमा ५ प्रतिशत छुट निःशुल्क बाइक वासको सुविधा प्राप्त गर्नेछन् ।
मनसुन केयर क्याम्पमार्फत सिफ मोटो र ऋषि ट्रेड सेन्टरले ग्राहक सन्तुष्टि, गुणस्तरीय बिक्रीपछिको सेवा तथा सवारी सुरक्षाप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको र वर्षा याम सुरु हुनुअघि मोटरसाइकलको आवश्यक जाँच तथा मर्मतका लागि यो अभियान उत्कृष्ट अवसर हुने विश्वास गरिएको छ।
सम्पूर्ण ग्राहकलाई समयमै सेवा केन्द्रमा उपस्थित भई यस सीमित अवधिको विशेष अफरको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।






Comments are closed.