ललितपुर । मोटरसाइकल ब्रान्ड CFMOTO ले बहुप्रतिक्षित 450CL-C लाई “Bikes & Coffee 2026” कार्यक्रममा औपचारिक रूपमा सार्वजनिक गरेको छ । ललितपुरस्थित Suzuki Driving Center मा सम्पन्न उक्त कार्यक्रममा राइडर समुदाय, अटोमोबाइल मिडिया, मोटरसाइकल प्रेमी, इन्फ्लुएन्सर तथा ब्रान्ड समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली बजारमा प्रिमियम मिड-वेट सेग्मेन्ट लक्षित यो मोडेलको अधिकतम खुद्रा मूल्य (MRP) रु. ११,९९,९०० निर्धारण गरिएको छ ।

मोडर्न क्लासिक सेग्मेन्टमा नयाँ मानक स्थापना गर्ने लक्ष्यसहित प्रस्तुत गरिएको 450CL-C मा ४४९cc समानान्तर ट्विन, लिक्विड-कुल्ड इन्जिन जडान गरिएको छ, जसले सन्तुलित तथा स्मूद पावर डेलिभरी र बलियो मिड-रेन्ज टर्क प्रदान गर्छ। आरामदायी क्रुजर एर्गोनोमिक्स, प्रिमियम फिनिश, उच्चस्तरीय निर्माण गुणस्तर तथा उन्नत ब्रेकिङ र सुरक्षा प्रणाली यसका प्रमुख विशेषता हुन् । लो-स्लंग स्टान्स, मस्कुलर फ्युल ट्याङ्की र मिनिमलिस्ट डिजाइनले यसलाई स्टाइल र प्रदर्शन दुवैमा आकर्षक बनाएको छ ।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपालमा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा दीर्घकालीन लगानी तथा विस्तार रणनीतिबारे जानकारी दिँदै विश्वस्तरीय विकल्प उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याए। स्टाइलिस तर शक्तिशाली क्रुजर खोजिरहेका युवा तथा अनुभवी राइडरलाई लक्षित गरिएको यो मोडेल हाल देशभरका आधिकारिक CFMOTO शोरूमहरूमा बुकिङका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। विस्तृत स्पेसिफिकेशन, मूल्य तथा डेलिभरीसम्बन्धी जानकारीका लागि नजिकैको शोरूममा सम्पर्क गर्न आग्रह गरिएको छ।



Comments are closed.