काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको CFMOTO नेपालले बहुप्रतीक्षित “CFMOTO Exchange Adventure 2083” कार्यक्रम नक्साल नारायणचौरमा घोषणा शुरु भएको छ । जेठ १५ गते शुक्रबार शुरु भएको विशेष एक्सचेन्ज तथा ग्राहक सहभागिता कार्यक्रम १७ गते आइतबार सम्म चल्ने छ ।
“Ride Bigger. Ride Bolder.” भन्ने मुख्य नारासहित आयोजना भएको यस कार्यक्रमले आफ्ना पुराना मोटरसाइकल साटेर नयाँ एड्भेन्चर यात्रा सुरु गर्न चाहने ग्राहकलाई लक्षित गरेको छ। विशेषगरी नयाँ CFMOTO 250 DUAL सहित अन्य प्रिमियम CFMOTO मोडलहरू कार्यक्रममा मुख्य आकर्षणका रूपमा रहेका छन् ।
यस अभियानमार्फत ग्राहकले आकर्षक एक्सचेन्ज सुविधा, विशेष अफर, टेस्ट राइड अनुभव तथा राइडिङ कम्युनिटीसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रमका मुख्य आकर्षणमा रु. ५,००० नगद छुट, रु. ७,००० सम्म अतिरिक्त एक्सचेन्ज बोनस, प्रतिस्पर्धात्मक तथा पारदर्शी बाइक मूल्याङ्कन, सहज तथा झन्झटरहित फाइनान्स सुविधा र Easy EMI व्यवस्था, प्रत्येक खरिदमा निःशुल्क राइडिङ हेल्मेट तथा विशेष CFMOTO Goodies रहेका छन् ।
यस कार्यक्रमकै अवसरमा CFMOTO नेपालले “New Year 2083 Lucky Draw Winner” को घोषणा पनि गर्नेछ, जसअन्तर्गत एक जना भाग्यशाली विजेताले रु. १,००,००० नगद Cashback प्राप्त गर्नेछन्।
कार्यक्रममा सहभागी ग्राहक तथा राइडरले १५ मिनेटको टेस्ट राइड अनुभव, लोकप्रिय राइडरहरू तथा राइडिङ कम्युनिटीसँग Meet & Greet कार्यक्रम, रमाइला गतिविधि तथा Interactive Sessions लगायतका अनुभव लिन सक्नेछन् ।
CFMOTO नेपालका अनुसार ‘Exchange Adventure 2083’ ‘कार्यक्रम नेपालको बढ्दो एड्भेन्चर राइडिङ संस्कृतिलाई अझ सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको हो। साथै ग्राहकहरूलाई सजिलो, आकर्षक र लाभदायी अपग्रेड अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।’
नयाँ CFMOTO 250 DUAL आफ्नो एड्भेन्चर-फ्रेन्ड्ली डिजाइन, दमदार परफर्मेन्स, आरामदायी राइडिङ अनुभव तथा आकर्षक स्टाइलका कारण कार्यक्रमको प्रमुख आकर्षण बन्ने अपेक्षा कम्पनीको छ।
CFMOTO नेपालले सम्पूर्ण मोटरसाइकल पारखी, एड्भेन्चर प्रेमी तथा राइडिङ कम्युनिटीलाई कार्यक्रममा सहभागी भई नयाँ पुस्ताको एड्भेन्चर राइडिङ अनुभव लिन निमन्त्रणा गरेको छ।







Comments are closed.