CFMOTO MANIACS : राइड नंं ३ मा बल्थली र नमोबुद्धको सांस्कृतिक र साहसिक यात्रा हुने

काठमाडौं । सिएफ मोटो नेपालले आफ्नो मासिक राइड शृङखला ‘CFMOTO MANIACS’ को तेस्रो संस्करणमा पूर्व–दक्षिण पहाडी क्षेत्रका सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्य बल्थली र नमोबुद्धलाई मुख्य गन्तव्यको रूपमा चयन गरेको छ । Everest Biker Nepal द्वारा पावर तथा टुर व्यवस्थापन गरिएको यो साहसिक यात्रा २० मङ्सिर (डिसेम्बर ०६, शनिबार) मा आयोजना हुँदैछ ।

कम्पनीले CFMOTO ४५० MT को वास्तविक क्षमता र कार्यसम्पादनलाई विविध तथा चुनौतीपूर्ण भू–भागमा परीक्षण गर्ने उद्देश्यका साथ यसपटक ‘मध्यम अफ–रोड तथा जीप ट्र्याक’ मार्ग रोजेको जनाएको छ ।

राइडको मार्ग गोदावरी – लाखुरी – खौपासी – बल्थली – नमोबुद्ध – धुलिखेल – नाला – काठमाडौं निर्धारण गरिएको छ । जसमा अधिकांश अफ–रोड ट्रेलहरू समेटिएका छन् ।

सहभागी राइडरहरूले घना जंगल मार्ग, चट्टानी उकालो, हिलो भाग, नदी पार, खुला खेतीबारी क्षेत्र, परम्परागत बस्ती तथा शान्त वातावरणमा अवस्थित नमोबुद्ध गुम्बा हुँदै आफ्नो एड्भेञ्चर क्षमताको परीक्षण गर्नेछन् ।

राइडका मुख्य विशेषताहरूमा हिमाली दृश्यावलोकन, प्राचीन गाउँ बस्ती र सांस्कृतिक सम्पदाको निरीक्षण, ऐतिहासिक जलविद्युत् संरचना, तेजोमय खेतीबारी र बगैंचाहरू, नमोबुद्ध गुम्बाको शान्त र आध्यात्मिक वातावरणको अवलोकन गर्न सकिनेछ ।

CFMOTO Nepal ले यो संस्करणमार्फत दिगो तथा जिम्मेवार एड्भेञ्चर राइडिङ प्रवर्द्धन गर्ने, समुदायबीचको आपसी सम्बन्ध सुदृढ गर्ने तथा नेपालको प्राकृतिक–सांस्कृतिक सौन्दर्यप्रति सम्मान र अन्वेषणको भावना बलियो बनाउने उद्देश्य राखेको छ ।

सुरक्षा र सहयोगका लागि अनुभवी मार्शल, ट्रिप गाइड र CFMOTO द्वारा मेकानिकल सपोर्टको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

You might also like

Comments are closed.