पोखरामा सीजी हिरो मोटोकर्पको “एक्सट्रयाक” इभेन्ट,अफ–रोड ट्रयाक राइडिङ्गको अनुभव

काठमाडौं । सी.जी. हिरो मोटोकर्पले मोटरसाइकल प्रेमीहरूलाई लक्षित गर्दै आयोजना गर्दै आएको “एक्सट्रयाक” अफ–रोड ट्रयाक राइडिङ्ग इभेन्टको दोस्रो संस्करण यही २०८२ जेठ ३१ गते शनिवार, पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने भएको छ।

पहिलो संस्करणको रुपमा धुलिखेलको “डर्ट टेम्पल” मा ३ सय भन्दा बढी राइडरहरूको सहभागितामा भव्यताका साथ सम्पन्न भएको यो इभेन्ट, यसपटक पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा थप रोमाञ्चक र व्यापक रूपमा आयोजना हुन लागेको आयोजक कम्पनीले जानकारी दिएको छ।

इभेन्टमा सहभागी हुने मोटरसाइकल प्रेमी राइडरहरूले हिरोको एड्भेन्चर श्रेणीका मोटरसाइकल, विशेष गरी Hero Xpulse 200 4V र Xpulse 200 4V Pro जस्ता मोडलहरू विशेष रूपमा डिजाइन गरिएको अफ–रोड ट्रयाकमा चलाउने अवसर प्राप्त गर्नेछन्। यस क्रममा राइडरहरूले आफ्नो अफ–रोड स्किलको परीक्षण मात्र होइन, व्यवसायिक प्रशिक्षकहरूको प्रत्यक्ष निर्देशनमा थप राइडिङ्ग टिप्स र अनुभव पनि हासिल गर्नेछन्।

कार्यक्रममा पूर्ण सुरक्षाका मापदण्ड अपनाइनेछ भने सहभागिहरूले आफ्नै सेफ्टी गियर ल्याउनु पर्नेछ। साथै, चालक अनुमतिपत्र अनिवार्य गरिएको छ। इच्छुक व्यक्तिहरूले हिरो मोटोकर्प नेपालको सामाजिक सञ्जाल पेजमार्फत निःशुल्क रजिस्ट्रेसन गरी सहभागी हुन सक्नेछन्।

इभेन्टमा सहभागी अनुभवी राइडरहरूलाई कम्पनीको तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ। साथै, Xpulse ब्राण्डेड लिमिटेड एडिशन जर्सी पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

उक्त इभेन्टको प्रमुख उद्देश्य नेपाली युवाहरूमा मोटरसाइकल संस्कृतिको प्रवर्द्धन गर्नुका साथै सी.जी. हिरो मोटोकर्पले बजारमा उपलब्ध गराइरहेका अत्याधुनिक प्रविधीले सुसज्जित मोटरसाइकलहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो। “एक्सट्रयाक” इभेन्ट विहान १० बजेबाट सुरु हुनेछ। उत्साहजनक सहभागिताको अपेक्षासाथ, सी.जी. हिरो मोटोकर्पले मोटरसाइकल संस्कृतिमा नवीन आयाम थप्ने अपेक्षा लिएको छ।

You might also like

Comments are closed.