सिजी मोटर्सद्वारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

पोखरा । नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारी साधनको आधिकारीक वितरक सिजी मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रि भिम कार्कीद्वारा समुद्घाटन गरिएको उक्त कार्यक्रममा ग्राहकले एउटै छानामुनी तीन वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिनसक्ने बताइएको छ ।

उपत्यकावाट वाहिर पनि नविन विद्युतीय सवारी साधनहरुको पहुँच विस्तार गर्ने सिजी मोटर्सको प्रतिबद्धतालाई थप बल प्रदान गरेको र यस विस्तारले नेपालमा स्मार्ट, दियो र प्रभावकारी मोबिलिटी समाधान तर्फ बढीरहेको यात्राको महत्वपूर्ण कदम मानिएको छ ।

कार्यक्रममा पश्चिमाञ्चल अटोमावाइल्स डिलर्स एशोसियनका अध्यक्ष दिपेन्द कोईरालाले सिजी मोटर्स प्रा.लिले उपत्यकाबाट वाहिर पनि विद्युतीय सवारी साधनहरुको विस्तारमा योगदान पुर्याएकोमा धन्यवाद ज्ञापन गरे ।

ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राईभ तथा विक्रीपछिको सेवा सहित सहज र व्यवस्थित ग्राहक अनुभव गर्नेछ । सिजी.मोटर्स ले गुणस्तरीय सेवा र दिर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएकोमा मन्त्री कार्कीले सिजी मोर्टसलाई धन्यवाद ज्ञापन गरे ।

देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क मार्फत सिजी मोटर्स ले ग्राहकको विश्वासलाई अझ मजबुद बनाउँदै सहजता, पहुँच र भरपर्दो चाजिङ सुविधा सुनिश्चता प्रदान गदै आईरहेको छ । यो व्यापक चाजिङ पुर्वाधारले सिजी मोटर्सलाई नेपालको सबै भन्दा विश्वनिय र भरपर्दो इ.भी प्रदायकहरु मध्य एक मात्र कम्पनीको रुपमा स्थापित गरिएको सिजी मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले बताए ।

करिब १५० भन्दा ग्राहकको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ सवारी साधन खरिदकर्तालाई सवारी साधनको साँचो हस्तान्तरण गदै सींजी.मोर्टस ले उपत्यकता वाहिर पनि आफ्नो शाखा विस्तारको अभियानको शुरुवात गरेको छ ।

You might also like

Comments are closed.