नाडा अटो शोमा सर्बाधिक स्टल राखेको सिजी मोटर्सका गाडी बुकिङ पनि उत्साहजनक

काठमाडौं । नाडा अटो शोमा सिजी मोटर्सले सर्वाधिक स्टल बुकिङ गर्दै सबैभन्दा धेरै ब्राण्ड प्रदर्शनीमा राखेका थियो । सो समूहले अटो शोमा राखेका ८ वटा ब्राण्डहरुमा बुकिङ पनि उत्साहजनक भएको पाइएको छ ।

सिजी मोटर्सले नेटा, आयोन वाई, एक्सपेङ, अवतार, राडार, केवाइसी र किङलङ ब्राण्डका इलेक्ट्रिक गाडी तथा हिरो ब्राण्डको मोटरसाकललाई प्रदर्शन गरेको थियो । मेला स्थलबाटै एक्सपेङ, अवतार र रिडारा ब्राण्डलाई पहिलोपटक औपचारिक लन्च समेत गर्यो । जुन ब्राण्डहरु ६ दिनको अटो शो मार्फत बजारमा स्थापित भएका छन् ।

६ दिनसम्म चलेको अटो शोमा नेटा एक्स ११५ वटा र नेटा भि ८६ वटा बुकिङ भएका छन् । नयाँ ब्राण्ड अभतार २२ बुकिङ हुँदा एक्स्पेइ गाडी ५७ वटा बुकिङ भएको छ । आयोन वाइ ७० वटा बुकिङ हुँदा पिकअप ४३ वटा बुकिङ भएको छ । ११ सिटर केवाइसी २ सय ५५ वटा बुकिङ भएको छ भने किङलङ १८० बुकिङ भएको छ ।

सिजी मोटर्सले अटो शोमार्फत आफ्ना ब्राण्डलाई थप अब्बल रुपमा स्थापित गराउन सफल भएको मार्केटिङ म्यानेजर किरण आचार्य बताउँछन् । ‘सबै ब्राण्डप्रति ग्राहकबाट राम्रो प्रतिक्रिया आएको छ,’ उनले भने । सिजी मोटर्सले सबै खालका ग्राहकलाई लक्षित गरी गाडीहरु बिक्री वितरण गर्न सफल भएकाले पनि आकर्षण बढेको प्रालिको भनाइ छ ।

lcci
You might also like

Comments are closed.