काठमाडौं । सुनको मूल्यमा देखिएको अत्यधिक उतारचढावले व्यवसाय ठीकै मात्रै चलेको छ । बजारको यो अस्थिरताले व्यवसायी र लगानीकर्ता दुवैलाई मारमा पारेको छ । सुनको भाउमा भएको अस्थिर मूल्यका कारण बैंकबाट हामीले भनेजति सुन उठाएर कारोबार गर्न सकिरहेका छैनौँ ।
यसले गर्दा बैंकमा सुन स्टक भएर बसेको छ । त्यसको प्रत्यक्ष असर हाम्रो व्यवसायमा परिरहेको छ । यो अवस्थाले गर्दा लगानीकर्ताहरू पनि के गर्ने, कसो गर्ने भन्ने दोधारमा परेका छन् । बजारको अनिश्चितताले उनीहरूलाई लगानी गर्न हच्काइरहेको छ । व्यवसायीको हकहित र क्षमता अभिवृद्धिका लागि महासंघले निरन्तर काम गरिरहेको छ ।
तर यो पेशालाई दिगो बनाउन र नयाँ पुस्तालाई आकर्षित गर्न हामीले विभिन्न किसिमका आधुनिक तालिमको व्यवस्था गर्नुपर्छ । परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्न सके मात्र युवाहरू यो पेशामा आकर्षित हुन्छन । हाम्रो मुख्य माग भनेको सम्बन्धित जिल्लामा नै सहज रूपमा सुन उपलब्ध हुनुपर्छ भन्ने हो । जिल्लामै सुन नपाउँदा व्यवसाय सञ्चालन गर्न निकै कठिनाइ भइरहेको छ ।
Comments are closed.