सिमेन्ट लगायतका निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धिको विरोध

पोखरा चेम्बर अफ कमर्स कास्कीले सिमेन्ट लगायतका निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धिको विरोध गरेको छ । बिहीबार बसेको कार्यसमिति बैठकले मूल्य बृद्धिको बिरोध गरेको हो ।

‘केहिदिन यता सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वभाविक रुपमा बिना आधार वृद्धि गरेकाले यसको प्रत्यक्ष असर आम उपोभोत्ता, हार्डवयर व्यवसायी र निर्माण व्यवसायीलाई परेको कूरा जानकारी नै छ,’ अध्यक्ष उमराज बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्माण कार्य तिव्रताको साथ अगाडि बढ्ने बेलामा सिमेन्ट उत्पादकको मनोमानी तवरको मूल्यबृद्धिले काम गर्ने वातावरणमा असर पर्ने उनले बताए ।

‘सहज र सरल रुपबाट काम गर्ने वातावरण बनाईदिनुहूनको तत्काल अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

lcci
You might also like

Comments are closed.