सकियो चेम्बर एक्स्पो, दर्शकको उत्साहजनक सहभागिता

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘आठौं नेपाल चेम्बर एक्स्पो २०२५’ को समापन भएको छ । माघ १७ गते शुरु भएको ५ दिनसम्म संचालन भएको थियो । एक्स्पोको प्रधानमन्त्री के.पि शर्मा ओलीले उद्घाटन गरेका थिए ।

एक्स्पोले आर्थिक क्षेत्र चलायमान भएको व्यवसायीमा उत्साह थपेको चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । एक्स्पो भव्यताका साथ सम्पन्न भएको र दर्शकको पनि उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ ।

एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसोधन सामग्रीलगायतको प्रदर्शनी दर्शकका लागि आकर्षणको केन्द्र बनेका थिए ।

एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका व्यवसायीले उक्त देशमा उत्पादित वस्तुसहित सहभागिता रहेको थियो । एक्स्पोमा स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टल रहेका थिए ।

You might also like

Comments are closed.