पोखरा । पोखरा उद्योग वाणिज्य संघले मुलुकमा दिगो शान्ति, व्यावसायिक सुरक्षाको प्रत्याभूति र अनुकूल व्यावसायिक वातावरण निर्माणको मागसहित पोखरामा मौन शान्ति र्याली आयोजना गरेको छ ।
संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा भएको र्यालीमा संघसँग आवद्ध विभिन्न वस्तुगत संघ–संस्था, उद्योगी तथा व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो । बिहान संघको सचिवालय गैह्रापाटनबाट सुरु भएको मौन र्यालीमा सहभागीहरूले मुखमा सेतो पट्टी बाँधेका थिए ।
र्यालीले महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड हुँदै पृथ्वीचोकमा पुगेर समापन भएको थियो । अध्यक्ष कार्कीका अनुसार यो र्याली जेनजेड आन्दोलनका क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना, देशमा उत्पन्न अशान्तिको अन्त्य तथा दिगो व्यावसायिक वातावरण सुनिश्चित गर्न आयोजित गरिएको हो ।



Comments are closed.