पोखरा । नेपाल चेम्वर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्वर अफ कमर्स गण्डकी प्रदेशको आयोजनामा “अन्तर्राष्ट्रिय व्यवसाय अनुभव आदान–प्रदान कार्यक्रम” सम्पन्न भएको छ ।
सदस्य व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, ज्ञान तथा अनुभव आदान–प्रदान गर्ने र नयाँ व्यापार तथा लगानीका अवसर पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
नेपाल चेम्वर हीरकजयन्ती समारोहका संयोजक तथा नेपाल चेम्वर अफ कमर्सका पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका व्यवसायी, उद्योगपति, विज्ञ तथा प्रतिनिधिको सहभागिता थियो, जसमार्फत विश्वव्यापी बजार प्रवृत्ति, आयात–निर्यात सम्भावना, नवप्रवर्तन तथा व्यवसाय विस्तारका रणनीतिसम्बन्धी महत्वपूर्ण जानकारी आदान–प्रदान गरिएको छ । उक्त कार्यक्रममा जिल्ला, नगर चेम्वरको तर्फबाट सहभागिता रहेको थियो ।






Comments are closed.