चन्द्र भण्डारीको चुनाव खर्च २४ लाख

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।  गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार भण्डारीले २४ लाख ६५ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

बुझाइएको विवरणअनुसार प्रचार–प्रसार सामग्री छपाईमा ४ लाख रुपैयाँ खर्च भएको उल्लेख छ। मिडिया प्रचारमा १ लाख रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

त्यस्तै सभा तथा कोण सभा सञ्चालनका लागि १ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । सवारीसाधन तथा इन्धनमा २ लाख, निर्वाचन कार्यलय सञ्चालन खर्चमा ६ लाख ९० हजार, स्वयंसेवक तथा कार्यकर्ता व्यवस्थापनमा ३ लाख, प्रचार सामग्री ढुवानी र वितरणमा २ लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

अर्कोतर्फ फोटो, भिडियो तथा डिजाइन खर्चमा ७५ हजार, मतदाता भेटघाट कार्यक्रममा ३ लाख र अन्य विविध निर्वाचन गतिविधिमा २५ हजार रुपैयाँ खर्च भएको पनि विवरणमा जनाइएको छ ।

निर्वाचन आयोगले स्वीकृत आचारसंहिता र निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

You might also like

Comments are closed.