निर्यात प्रवद्र्धन गर्न विदेशस्थित कुटनीतिक नियोगलाई परिचालन गर्नुपर्छ: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले मुलुकको निर्यात व्यवसायलाई प्रवद्र्धन गर्नका लागि विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुलाई परिचालन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित निर्यात व्यवसायी महासंघ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकको निर्यात प्रवद्र्धन गर्न तथा नेपालमा लगानी भित्र्याउन नेपाल सरकारले विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा राजदूतहरुलाई विशेष टार्गेट दिएर त्यसको आधारमा उनिहरुको मूल्याङ्कन हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

“म पनि नेपालका लागि इन्डोनेशियाको अवैतनिक दूत हो । त्यसैले धेरै देशका कुटनीतिक नियोग तथा राजदूतहरुसँग नजिकमा रहेर काम गर्ने मौका पाएको छु । धेरै देशका कुटनीतिक नियोग तथा राजदूतहरुले आफ्नो देशको उत्पादनलाई आफू कार्यरत देशमा पु¥याउने तथा त्यहाँको लगानी आफ्नो देशमा ल्याउने काममा सहजीकरण गरेका हुन्छन्,” उनले भने, “हामीले पनि हाम्रा कुटनीतिक नियोगहरुलाई निर्यात प्रवद्र्धन तथा वैदेशिक लगानी भित्र्याउने काममा प्रयोग गर्न सके निर्यात प्रवद्र्धन गर्न तथा वैदेशिक लगानी भित्र्याउन सकिन्छ ।”

नेपाल सरकार अहिले आगामि आर्थिक वर्षको बजेट निर्माणको तयारीमा रहेको बताउँदै बजेट बनाउँदा उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखरे नीतिगत व्यवस्था गरियो भने ट्रेडिङ व्यवसायमाभन्दा उत्पादनमूलक उद्योगमा लगानी बढाउन सकिने उनले बताए ।

नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि गैर आवाशीय नेपालीहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै उनले गैरआवाशीय नेपालीहरुलाई उनिहरुले नेपाल बाहिर गरेको व्यवसायको अनुभव र लगानीका आधारमा सरल र सहजरुपमा नेपालमा लगानीको व्यवस्था गर्न आगामि बजेमा विशेष व्यवस्था गर्नुपर्ने बताए ।

नेपाल संघीय संरचनामा गइसकेपछि धेरै स्थानीय तहहरुबीच आफ्नो ठाउँमा लगानी भित्र्याउनको लागि एकप्रकारको प्रतिष्पर्धा नै हुने गरेको बताउँदै ढकालले आगामि बजेटले यसलाई थप प्रतिष्पर्धी र लगानीमैत्री बनाउने अपेक्षा समेत राखे ।

You might also like

Comments are closed.