सरकारले बजेटमार्फत नै दोहोरो भूमिका खेल्छ : चन्द्र प्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट बनाउने बेलामै सरकारले दोहोरो भुमिका खेल्ने गरेको बताएका छन् । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कार्यक्रमका बोल्दै सरकारले बजेट प्रस्तुत गर्ने बेलामा राम्रा र लोकप्रीय बुँदा राख्ने र आर्थिक ऐन र विधेयकमा भने फरक आँकडा प्रस्तुत गर्ने गरेकोे बताए । ‘बजेट भाषण सुन्ने बेलामा राम्रा राम्रा बुँदाहरु हुन्छन सोही अुनसार उद्योगी व्यवसायीले प्रतिक्रिया पनि राम्रै दिन्छन्,’ उनले भने, ‘तर, आर्थिक विधेयक र ऐनमा फरक आँकडाका कारण उद्योगी व्यवसायीको बजेटमाथिको प्रतिक्रिया पनि फरक पर्छ । ’  उनले बजेट लेखन गर्ने बेलामै निजी क्षेत्रले उठाएका कुरा बजेट भाषणमा समेटिने तर, रातो किताव आउँदा फरक भएर आउने गरेको होकी भन्ने शंंका निजी क्षेत्रको रहेको उनले बताए ।  यसपाली पनि निजी क्षेत्रले राखेका धेरै बुँदाहरु बजेट भाषणमा समेटिएको तर, रातो कितावमा फरक आएको उनले बताए ।

सोही कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणलगत्तै उद्योगी व्यवसायीले बजेटमाथि राम्रो प्रतिक्रिया दिने र पछि पुनः रुष्ट हुने प्रवृत्ति रहेको बताएका थिए ।

jutta mela

कार्यक्रममा महासंघ अध्यक्ष ढकालले यसपल्ट निजी क्षेत्रका सुझावहरु बजेटमा समेटिएको पनि बताए । निर्यात बढाउने, आयात निरुत्साहन गर्ने, काठको आपुर्ति र निर्यात बढाउनेलगायतका बुँदाहरु बजेटमा समेटिनाले निजी क्षेत्रले त्यसलाइए स्वागत गरेको उनको भनाई छ ।

यस्तै उनले अघिल्लो आर्थिक ऐनले ल्याएका धेरैजसो सकारात्मक कुराहरुलाई हालको आर्थिक ऐनले निरन्तरता नदिनाले निजी क्षेत्र निरुत्साहित भएको बताए । निजी क्षेत्र सरकारको यस्ता नीतिगत अस्थिरता ल्याउने कुराकै कारण हतोत्सायी भएको उनको भनाई छ । यस्ता कुराहरु सुधार पनि हुनुपर्नेमा उनले जोड दिए ।

कुनै नीति तथा बजेटमा आउने सानो फरकले पनि पुरै देशकै उद्योगक्षेत्रको तस्विर देखाउँने बताउँदै उनले यस्ता कुरामा सरकारले अर्थतन्त्रलाई के असर पर्छ भनेर अध्ययन गरेरै मात्रै बनाउन आग्रह गरेका छन् ।

 

You might also like

Comments are closed.