पोखरा । समाजसेवी तथा लायन्स लिडर चन्द्रकुमार केसी लायन्सको गभर्नरमा निर्वाचित भएका छन् । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ नेपालको पोखरामा सम्पन्न प्रथम महाधिवेशनबाट केसी गभर्नर निर्वाचित भएका हुन् ।
लायन वर्ष २०२३÷२४ का गभर्नरमा निर्वाचित केसीको कार्यकाल आगामी जुलाईबाट सुरु हुनेछ ।
त्यसैगरी डिष्ट्रिक्टको फस्ट भाइस गभर्नरमा विनोद ढुंगाना र सेकेण्ड भाइस गभर्नरमा पार्बती खरेल पाण्डे निर्वाचित भएका छन् ।
गभर्नरमा निर्वाचित भएसँगै केसीले क्याबिनेटमा सेक्रेटरीमा महेश पाण्डे, कोषाध्यक्षमा सन्तोष रावल, चिफ एडभाइजरमा सूर्य कुमार केसी र पिआरओ इन चिफमा शैलेन्द्र मोहन भट्टराईलाई मनोनीत गरेका छन् ।
आफूलाई गभर्नरमा निर्वाचित गराउन भूमिका खेल्ने सम्पूर्णप्रति केसीले आभार व्यक्त गरेका छन् । डिष्ट्रिक्टको बर्तमान गभर्नर राम बसेल छन् ।
Comments are closed.