बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलासाययुक्त जलविद्युत आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिए ।

साथै उनले सो अवसरमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण तत्काल अघि बढाउन दबाब दिने उदेश्यले सञ्चालन गरिएको हस्ताक्षर अभियानमा हस्ताक्षर समेत गरे । नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताहरुको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड ९एनडीपी० कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरु तयार रहेको समेत अध्यक्ष ढकालले बताए ।“ नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको छ । जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने छ । आवश्यक परेमा हामी सहयोग गर्न तयार छौं । ” उनले भने ।

उनले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरु जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको समेत उल्लेख गरे । अध्यक्ष ढकालले स्थानीयरुपमा आयोजना गरिने मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउदैँ यस्ता मेला महोत्सवहरुलाई महासंघले सदैव ।प्राथमिकतामा राख्नेगरेको बताए ।

 

You might also like

Comments are closed.