नेपाली प्रविधिलाई प्राथमिकता नदिएसम्म विकासमा फड्को मार्दैन : चन्द्रप्रसाद ढकाल

काठमाडौं ।    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली प्रविधिलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताएका छन् ।

मंगलबारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले सरकारले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको बताएका हुन् ।

उनले भने, ‘नेपाल आइटी सेक्टर वा डिजिटलाइट क्षेत्रमा धेरै अघि बढेको छ। नेपाली आइटी इन्जिनियरहरूले तयार गरेको कतिपय सफ्टवेयर, डिजिटल गर्ने कुराले हामी विश्वको कुनै पनि विदेशी आइटी कम्पनीको तुलनामा नेपालको आइटी प्रोफेसनलहरू कमी छ भन्ने मलाई लाग्दैन। हाम्रो जीवनमा आउन सक्ने प्रविधिको हिसाबले कताकता हामी नेपाली प्रविधिलाई अहिले प्राथमिकता नदिएको हो कि भन्ने मलाई लाग्छ ।नेपाली प्रोडक्टमा १५ प्रतिशतसम्म हामी बढी मूल्य दिन सक्ने भन्ने किसिमको नीति रहेको छ । त्यसैअनुरूप सरकारले प्रविधि उत्पादनलाई आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ। सरकारले जबसम्म नेपाली उत्पादन, सफ्टवेयर र प्रविधिलाई सरकारका हरेक निकायले प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैनन् तबसम्म यो क्षेत्रले फड्को मार्दैन।’

jutta mela

उनले नेपाल प्रविधि तथा डिजिटलाइट क्षेत्रमा धेरै अघि बढे पनि नेपाली इन्जिनियरहरूले बनाएका प्रविधि​ विदेशीको तुलनामा कम नरहेको बताए।

उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिअनुसार नै नेपालमा उत्पादित प्रविधिलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए । साथै उनले नेपालले प्रविधिको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताए।

You might also like

Comments are closed.