निर्माण व्यवसायीको रकम चाडैं भुक्तानी हुनुपर्छः महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाडैं पाउनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औं वार्सिकोत्सवमा शुक्रबार बोल्दै अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नु पर्ने धारणा व्यक्त गरे ।

‘सरकारले भुक्तानीमा ढिलाइ गर्नु हुँदैन किनकि यसले परियोजनाहरूमा ढिलाइ हुन सक्छ,’ उनले भने । हाल राज्यबाट व्यवसायीहरुलाई निर्माण कार्यको अरबौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त रहेको उनले बताए । आउने दिनहरुमा व्यवसाय सुधार उन्मुख हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरुबाट सजिलैसंग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्नेमा पनि जोड दिए ।

jutta mela

नेपाल निर्माण व्यवसायी महासंघको २५औ वार्सिकोत्सव शुक्रबार हेटौंडामा आयोजना भएको छ । महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.