भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानद्वारा चन्द्रागिरि हिल्सको विशेष भ्रमण

काठमाडौं । भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान सहित भारतीय राजदूत महामहिम नवीन श्री वास्तव र अन्य पाहुनाहरूले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । उनीहरुले बिहीबार चन्द्रागिरि हिल्सको भ्रमण गरेका हुन् ।

मन्त्री चौहान सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत गरे ।

भ्रमणको क्रममा मन्त्री चौहानले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भनी प्रशंसा गरे । मन्त्री चौहान सहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।

भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा परिवारसहित विशेष पूजा–अर्चना गरे ।

You might also like

Comments are closed.