जेन्जी आन्दोलनपछि बन्द चन्द्रागिरी हिल्स पुनः सञ्चालन हुँदै

काठमाडौं । जेन्जी आन्दोलनका कारण बन्द रहेको चन्द्रागिरी हिल्स आगामी शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । आन्दोलनका क्रममा सम्पत्तिहरूमा क्षति पुगेपछि सेवा अस्थायी रूपमा बन्द गरिएको थियो ।

कम्पनीका अनुसार आवश्यक मर्मत–सम्भार र पूर्वाधार पुनःस्थापनाका काम पूरा भएपछि अब पुनः सञ्चालनको तयारी पूरा गरिएको छ । पुनः सञ्चालनसँगै केबलकार, रेस्टुरेन्ट, भ्यू टावर र अन्य पर्यटक सेवाहरू नियमित रूपमा सञ्चालनमा आउनेछन् ।

चन्द्रागिरी हिल्सले पर्यटकहरूलाई पुनः स्वागत गर्न तयार भएको जनाएको छ र सुरक्षाका उपायहरू थप सुदृढ पारिएको जनाएको छ । कम्पनीले सर्वसाधारणलाई सहयोग र समर्थनका लागि धन्यवाद दिंदै शनिबारदेखि आउने सबैलाई सुरक्षित र रमाइलो अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

 

You might also like

Comments are closed.