काठमाडौं । Changan Group ले आफ्नै इन्जिनियरिङ टोलीद्वारा विकास गरिएको अत्याधुनिक ड्राइभर असिस्टेन्स सिस्टम SDA Pilot सार्वजनिक गरेको छ। यो प्रणाली ड्राइभिङलाई अझ सुरक्षित, सहज र तनावमुक्त बनाउने उद्देश्यले विकास गरिएको हो। इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिमा Changan ले गरेको निरन्तर लगानीको परिणामस्वरूप यो उपलब्धि हासिल भएको हो।
“Changan को इन्टेलिजेन्ट ड्राइभिङ टोली केही इन्जिनियरहरूबाट सुरु भएर हाल ७,५०० भन्दा बढी विशेषज्ञहरूको टोलीमा विस्तार भएको छ। यस क्षेत्रमा हालसम्म ७.७ अर्ब युरोभन्दा बढीको अनुसन्धान तथा विकास (R&D) लगानी भइसकेको छ। हामी इन्टेलिजेन्ट रूपान्तरणको रणनीतिलाई निरन्तर अगाडि बढाउँदै आफ्नै अत्याधुनिक प्रविधिहरू विकास गर्न प्रतिबद्ध छौँ,” Changan Group का अध्यक्ष Zhu Huarong ले भने।
कम्पनीले सन् २०११ मा Forward Collision Warning र Lane Departure Warning प्रणालीका प्रारम्भिक नमुनाहरू विकास गरेको थियो भने सन् २०१८ मा Level 2 IACC (Integrated Adaptive Cruise Control) प्रणालीको व्यावसायिक उत्पादन सुरु गरेको थियो। त्यसपछिको महत्वपूर्ण उपलब्धिका रूपमा डिसेम्बर २०, २०२५ मा Changan ले चीनमा Level 3 Conditional Autonomous Driving का लागि पहिलो आधिकारिक लाइसेन्स प्लेट प्राप्त गरेको थियो।
Changan Group का अध्यक्ष Zhao Fei ले भने “Changan ले सन् २००९ मा इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिको विकास सुरु गरेको थियो, जुन समयमा चीनमा यो प्रविधि अझै प्रयोगशालाको अध्ययनकै विषय थियो। SDA Pilot हामीले त्यसयता हासिल गरेका सम्पूर्ण अनुभव र उपलब्धिहरूको परिणाम हो,”।
हाल SDA Pilot का Pro, Max र Ultra गरी तीनवटा संस्करण सार्वजनिक गरिएका छन् भने यसभन्दा अझ उन्नत संस्करण पनि आगामी दिनमा सार्वजनिक गरिनेछ। SDA Pilot Ultra मा Highway NCA, Urban NCA, ४०० भन्दा बढी परिस्थितिमा Intelligent Parking Assist तथा ३१ वटा Active Safety Features समावेश छन्। ५६० TOPS क्षमताको कम्प्युटिङ चिप र २५६-लाइन LiDAR प्रविधिबाट सञ्चालित यस प्रणालीले मिलिसेकेन्डमै प्रतिक्रिया जनाउँदै अत्यन्तै सहज सञ्चालन अनुभव प्रदान गर्दछ। Changan SDA Pilot ले वास्तविक प्राविधिक क्षमता प्रदर्शन गर्दै ड्राइभिङ अनुभवलाई अझ सुरक्षित, सहज र तनावमुक्त बनाउने लक्ष्य राखेको छ।
सुरक्षित (Safer): Changan SDA Pilot मा Active LiDAR Detection र 10Hz High-Frequency Reasoning प्रविधि समावेश गरिएको छ। यसले कम प्रकाश, तीव्र चमक, वर्षा वा कुहिरो जस्ता प्रतिकूल मौसम तथा दृश्य अवस्थाहरूमा समेत मानव चालकले भन्दा पहिले सम्भावित जोखिम पहिचान गर्न सहयोग गर्दछ।
सहज (Smoother): SDA Pilot को End-to-End Large Model लाई वास्तविक सडकमा संकलित २ करोडभन्दा बढी उच्च गुणस्तरका ड्राइभिङ डेटा सेग्मेन्टहरू प्रयोग गरी तालिम दिइएको छ। यसले मानवीय ड्राइभिङ शैलीसँग मिल्दोजुल्दो र स्वाभाविक ड्राइभिङ व्यवहार प्रदान गर्दछ।
तनावमुक्त (Stress-Free): SDA Pilot ले Vision र Voice प्रविधिलाई एकीकृत गरिएको Multimodal Large Model मार्फत Interactive Navigation सुविधा प्रदान गर्दछ। प्राकृतिक भाषामा दिइने Voice Commands तथा चालकको ड्राइभिङ व्यवहार सम्झन सक्ने क्षमताले चालक र प्रणालीबीच वास्तविक संवादजस्तै अनुभव प्रदान गर्दछ।
Changan ले आफ्नो Changan SDA Lab स्थापना गरेको छ, जहाँ २४ सै घण्टा निरन्तर परीक्षण तथा अनुसन्धान गर्न सकिन्छ। यस प्रयोगशालामा ४ लाखभन्दा बढी Virtual Simulation Scenarios र विश्वका २२४ क्षेत्रका विभिन्न जलवायु अवस्थालाई समेटेर दैनिक ३३ लाख किलोमिटर बराबरको सिमुलेटेड ड्राइभिङ परीक्षण गरिन्छ। प्रयोगशालादेखि वास्तविक सडकसम्मको यस प्रक्रियामार्फत जोखिमपूर्ण परिस्थितिहरूलाई सुरुमै पहिचान गरी रोक्ने र प्रत्येक प्रयोगकर्तालाई थप विश्वस्त तथा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमका क्रममा SDA Pilot Ultra प्रविधि जडान गरिएको पहिलो उत्पादन मोडेल CHANGAN NEVO Q06 को प्रि-अर्डरसमेत आधिकारिक रूपमा खुला गरिएको छ। यसले उन्नत ड्राइभर असिस्टेन्स प्रविधिलाई आम उपभोक्तामाझ पुर्याउने चिनियाँ अटोमोबाइल उत्पादकहरूको तीव्र प्रयासलाई प्रतिबिम्बित गर्दछ।
Changan ले विश्वभरका रणनीतिक साझेदारहरूसँग सहकार्यलाई अझ सुदृढ बनाउँदै खुला र सहकार्यमा आधारित दृष्टिकोणलाई निरन्तरता दिनेछ। उच्चतम सुरक्षा मापदण्ड पूरा गर्ने इन्टेलिजेन्ट मोबिलिटी समाधानहरू प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो “Lead sustainable mobility and benefit human life” अर्थात् “दिगो मोबिलिटीको नेतृत्व गर्दै मानव जीवनलाई लाभान्वित बनाउने” लक्ष्यअनुरूप अझ स्मार्ट, सुरक्षित र दिगो भविष्य निर्माण गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
नेपालमा Changan को उपस्थिति यसका प्रिमियम तथा नयाँ ऊर्जा सवारीसाधनका सब-ब्रान्डहरू — DEEPAL, NEVO र AVATR मार्फत रहेको छ। यी ब्रान्डहरूले ग्राहकहरूको बदलिँदो आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै स्मार्ट तथा व्यवहारिक SUV देखि प्रिमियम इन्टेलिजेन्ट इलेक्ट्रिक सवारीसाधनसम्मका विविध मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएका छन्। नेपालमा Changan को नयाँ ऊर्जा सवारीसाधन पोर्टफोलियोअन्तर्गत तीनवटा सब-ब्रान्डका विभिन्न मोडेलहरू समावेश छन्।
DEEPAL अन्तर्गत S07, S07 L, S07 ICA, S05, E07 र L07; NEVO अन्तर्गत Q05 तथा AVATR अन्तर्गत AVATR 11 र AVATR 7 रहेका छन्। यी मोडेलहरूले नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्दै नवीन प्रविधि, आकर्षक डिजाइन र प्रिमियम इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधान प्रदान गर्ने Changan को प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछन्। MAW Vriddhi Autocorp मार्फत Changan ले नेपालमा आफ्नो डिलरशिप, सर्भिस तथा चार्जिङ नेटवर्कलाई निरन्तर विस्तार गर्दै देशको दिगो मोबिलिटी रूपान्तरणमा योगदान पुर्याउँदै आएको छ।
Changan Automobile चीनका सबैभन्दा ठूला तथा लामो इतिहास बोकेका अटोमोबाइल उत्पादकहरूमध्ये एक हो। यो चीनका प्रमुख चार अटोमोबाइल समूह अर्थात् “Giant Four” मध्ये एक हो। China South Industries Group Corporation अन्तर्गत रहेको राज्य-स्वामित्वको अटोमोबाइल कम्पनीका रूपमा Changan सँग १६० वर्षभन्दा बढीको औद्योगिक विरासत र दशकौँको अटोमोबाइल उत्पादन तथा प्रविधि विकासको अनुभव रहेको छ। विश्वका १०० भन्दा बढी देशहरूमा उपस्थिति तथा १८,००० भन्दा बढी इन्जिनियरहरूको विश्वव्यापी टोलीसहित Changan ले इन्टेलिजेन्ट, नयाँ ऊर्जा तथा भावी पुस्ताका मोबिलिटी समाधानहरूमा अग्रणी भूमिका स्थापित गरेको छ।
MAW Vriddhi Autocorp Pvt. Ltd. नेपालमा Changan Automobile तथा यसका सब-ब्रान्डहरू — DEEPAL, NEVO र AVATR को आधिकारिक डिलर हो। कम्पनीले अत्याधुनिक प्रविधि, नवीन डिजाइन तथा नयाँ पुस्ताका मोबिलिटी समाधानहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।






Comments are closed.