काठमाडौँ । नेपालका लागि चाङ्गान अटोमोबाइलको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटो कर्पले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘चाङ्गान केयर २४÷७’ देशव्यापी सडक सहायता सेवा सुरु गरेको छ । चाडपर्वको अवसरमा घर फर्किने तथा देशका विभिन्न गन्तव्यहरूमा यात्रा गर्ने ग्राहकको यात्रालाई सहज, सुरक्षित र ढुक्क बनाउने उद्देश्यले कम्पनीले यो सेवा सञ्चालनमा ल्याएको हो ।
सेवाअन्तर्गत यात्राका क्रममा सवारीसाधनमा कुनै अप्रत्याशित समस्या आइपरेमा ग्राहकले चौबीसै घण्टा आकस्मिक सहायता प्राप्त गर्न सक्नेछन् । यो सुविधा अवतार, दिपाल र नेभो ब्रान्डका मोडलहरूमा लागू हुने कम्पनीले जनाएको छ । जसअन्तर्गत अवतार ०७ र ११, दिपाल एस०७, एस०५, इ०७ र एल०७ तथा नेभो क्यु०५ मोडलका गाडीहरू समावेश छन् ।
कम्पनीले दाङ, धनगढी, बिर्तामोड, विराटनगर, नेपालगञ्ज, बुटवल, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा र काठमाडौँ उपत्यकाको बालकुमारी गरी देशभरका ११ प्रमुख सेवा केन्द्रमार्फत टोइङ सेवा, घटनास्थलमै मर्मत सहयोग तथा आकस्मिक सहायता उपलब्ध गराउनेछ ।
‘बिकज योर जर्नी म्याटर्स एभ्रीवेयर इन नेपाल’ अर्थात नेपालको जुनसुकै स्थानमा पनि तपाईंको यात्रा हाम्रो लागि महत्वपूर्ण छ भन्ने प्रतिबद्धताका साथ सुरु गरिएको यस सेवाले ग्राहकको सवारी स्वामित्व अनुभवलाई अझ विश्वसनीय बनाउने कम्पनीको विश्वास छ । यात्राको क्रममा सडक सहायता आवश्यक परेमा ग्राहकहरूले ९७०४०२४३६५ मा सम्पर्क गरी सोझै सहयोग लिन सक्नेछन् ।

चाङ्गान अटोमोबाइल १६० वर्षभन्दा लामो औद्योगिक इतिहास बोकेको चीनको प्रमुख अटोमोबाइल उत्पादक कम्पनी हो । नेपालमा एमएडब्ल्यु वृद्धि अटो कर्पले चाङ्गान तथा यसका उप–ब्रान्डहरू दिपाल, नेभो र अवतारका अत्याधुनिक मोबिलिटी समाधानहरू बिक्री वितरण गर्दै आएको छ ।





Comments are closed.