बीमा प्राधिकरणको स्वीकृतीपछि सलिकोको सिईओमा चंकी क्षेत्री नियुक्त

काठमाडौं – नेपाल बीमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को सिईओ चंकी क्षेत्रीलाई नियुक्त गर्न अनुमति दिएको छ । साबिकको सगरमाथा इन्स्योरेन्सको सिईओ रहेका क्षेत्रीलाई लुम्बिनीसँगको मर्जर प्रक्रिया पछि नेपाल बीमा प्राधिकरणसँग उनैलाई सिईओ बनाउन अनुमती मागिएको थियो ।

उनलाई प्राधिकरणको सोमवारको बैठकले सिईओ नियुक्तको लागि स्वीकृती दिएको हो । उनी चार बर्षको लागि नियुक्त भएका छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बनेको हो । उनीसँग बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव छ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा उनको कार्य अनुभव छ । क्षेत्री नेपाल बीमक संघका अध्यक्ष पनि हुन् ।

You might also like

Comments are closed.