चरक मेमोरियल हस्पिटलमा मेगाको एटिएम

 

पोखरा । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलमा एटिएम काउन्टर सुरु भएको छ । मेगा बैंक लिमिटेडले हस्पिटलमा सञ्चालनमा ल्याएको एटिएम काउन्टरको शुक्रबार बैंकका गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त र हस्पिटलका प्रवन्ध निर्देशक कपिल पोखरेलले उद्घाटन गरे ।

हस्पिटलमा एटिएम सेवा सञ्चालनमा आएपछि उपचारका लागि आउने सेवाग्राहीलाई सजिलो हुने प्रवन्ध निर्देशक पोखरेलले बताए । ‘हामीले हस्पिटलबाट शुलभ शुल्कमा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं,’ उनले भने, ‘सेवाग्राहीको स्वास्थ्य उपचार र आवश्यक सेवा सुविधाप्रति हामी सजग छौं ।’

हस्पिटलमा एटिएम काउन्टर स्थापना हुँदा धेरै सर्वसाधरण लाभान्वित हुने बैंकका प्रदेश प्रमुख पन्तले बताए ।

You might also like

Comments are closed.