पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराको न्युरोडमा केही समय बन्द रहेको शुभ चेरिस्मा इम्पोरियम पुनः सञ्चालनमा आएको छ । गृहलक्ष्मी ग्यास कम्पनीका अध्यक्ष धर्मराज बर्तौला, महिला व्यवसायी एवं समाजसेवी प्रभा कार्की, महिला उद्यमी सीता बराल र केदार बरालले थप सेवा सुबिधा सहित इम्पोरियमलाई पुनः सञ्चालनमा ल्याएका हुन् । संयुक्त लगानीमा सञ्चालनमा आएको इम्पोरियमको अभिनेत्री करिष्मा मानन्धरले आइतबार उद्घाटन गरिन् ।
इम्पोरियमकी ब्राण्ड एम्वेसडर समेत रहेकी अभिनेत्री मानन्धरले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताइन् । सञ्चालक सीता बरालले व्यवसायमा लाग्दा विभिन्न उतार चढावलाई झेल्दै आएको बताउँदै अब एउटा उदाहरणको रुपमा निरन्तर व्यवसायमा लागिरहने प्रतिवद्धता व्यक्त गरिन् । महिलाहरुले समाजमा लड्नु परेका सामाजिक विभेद र कुरुतीतर्फ अझै एक जुट भएर अगाडी वढ्नु पर्ने कलाकार करिश्मा मानेन्धरले बताएकी थिइन् ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं राजनीतिकर्मी विश्वशंकर पालिखेले एक पटकको असफलताले मानिसलाई पाठ सिकाउने उल्लेख गर्दै निरन्तरको प्रयासले मानिस सफल हुने बताए ।
सञ्चार उद्यमी सुनयना पालिखेले लडेर फेरी उठन सक्नु नै ठुलो कुरा भएको उल्लेख गर्दै थप उर्जा सहित पुनः व्यावसायमा फर्किएर सबै महिला उद्यमीहरुका लागि उदाहरण बनेको भन्दै बरालको प्रशंसा गरिन् । बरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठले हिम्मत नै सबैभन्दा ठूलो कुरा भएको बताइन् ।
कार्यक्रममा इम्पोरियमका अध्यक्ष धर्मराज बराल, महिला उद्यमी सीता पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना बर्षा शर्मा, इभेन्ट म्यानेजर बिशाल गुरुङ रघरेलु तथा साना उधोग महासघं गण्डकी प्रदेश महिला उद्यमी समितिको महासचिव वसन्त केसी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संचारकर्मी अनिषा श्रेष्ठले गरेकी थिइन् ।
Comments are closed.