च्याटजीपीटीका कारण विश्वभरका ३० करोड मानिसकोको रोजगारी गुम्न सक्ने

काठमाडौं ।गोल्डम्यान साक्स अर्थशास्त्रीहरूले गरेको अध्ययनले च्याटजीपीटीलगायत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्मका कारण विश्वभरका ३० करोड मानिसको रोजगारी गुम्न सक्ने देखाएको छ ।

उकत अध्ययनका अनुसार च्याटजीपीटी जस्ता प्लेटफर्महरूले ३० करोड मानिस रोजगारीविहीन हुने देखाएको हो । साक्सका अनुसार १८ प्रतिशत काम कम्प्युटराइज्ड हुने र जसको कारण विश्वका धेरै मानिसको जागिर संकटमा आउनेछ ।

एआईको प्रभाव निर्माण र मर्मत क्षेत्रमा भौतिक रूपमा काम गर्ने मजदुरमा पनि सामान्य पर्न सक्ने अध्ययनले देखाएको छ । कार्यालयमा काम गर्ने कामदार र कानून व्यवसायीहरूका लागि यो बढी जोखिमपूर्ण हुने बताइएको छ ।

jutta mela

संयुक्त राज्य अमेरिका र यूरोपमा भने यसको प्रभाव बढी देखिनेछ । त्यहाँ दुई तिहाइ काम एआईबाट स्वचालित रूपमा हुने अनुमान गरिएको छ ।

च्याटजीपीटी गत नोभेम्बर २२ मा लन्च गरिएको थियो । त्यसको केही दिनपछि गुगलले पनि च्याटजीपीटीको प्रतिस्पर्धीका रूपमा ‘बार्ड’ घोषणा गरेको थियो । ‘बार्ड’को अमेरिका र बेलायतमा परीक्षण शुरु गरिएको छ । एजेन्सी

You might also like

Comments are closed.