चेरीको फ्ल्यागसिप मोडल ‘टिग्गो एट प्रो’ नेपालमा सार्वजनिक

काठमाडौं । नेपालमा चेरी कारका लागि एकमात्र आधिकारिक वितरक एस.पी.जी अटोमोबाइल्स प्रा.लि.ले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल टिग्गो एट प्रो (Tiggo 8 PRO) आधिकारिकरूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ ।

चेरी टिग्गो एट प्रो मा चेरीको टेक्नोलोजी समावेश छ । र, यो 1.6 TGDI र 7DCT को संयोजनले भरिएको छ, जुन यही क्याटागोरीको शीर्ष १० मा सूचीवद्ध गरिएका थिए । यो गाडीमा फुल एलईडी लक्जरी लाइटिङ्ग सेट र विशेष लक्जरियस लेदर सिटहरु स्ट्यान्डर्डको रुपमा उपलब्ध छन्, भने चेरी अटोमोबाइलले नयाँ पुस्तामा यस मोडललाई ‘लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट’ को रुपमा निर्माण गर्न प्रयास गरिरहेको छ ।

पावरको कुरा गर्दा चेरी टिग्गो एट प्रो 1.6 लिटर टर्बोचाज्र्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन (1.6TGDI) इन्जिन, जसलाई सुपर पावरफुल ‘चाइना हार्ट’ इन्जिन भनिन्छ, र GETRAG को ७–स्पिड डुअल–क्लच ट्रान्समिसन (7DCT) ले सुसज्जित छ । विशेष गरी,1.6 TGDI लाई २०१९ मा ‘चाइना हार्ट’ १० उत्कृष्ट इन्जिनहरू मध्ये सूचीवद्ध गरिएको छ, जसको अधिकतम पावर 145kW छ, भने 290Nm को पिक टर्क छ ।

एरो इन्जिन टेक्नोलोजी र चेरी जस्ता अत्याधुनिक प्रविधिहरूको मूल्यांकन गर्ने मापदण्डहरू जस्तै : iHEC (स्मार्ट) कम्बस्सन सिस्टम, इन्टेलिजेन्ट स्टार्ट–स्टप (ISS) प्रकार्यको साथ 1.6 TGDI इन्जिन उत्कृष्ट एक्सेलेरेशन र अल्ट्रा–लो इन्धन खपत ल्याउन 7DCT सँग पूर्णरूपमा मेल खान्छ । यसले चेरी टिग्गो एट प्रो.लाई 8.9 सेकेन्डमा 100 km/h को गति बढाउन क्षमता दिन्छ । र, इन्धन खपत 1.6TGDI इन्जिनको लागि प्रति १०० किलोमिटर 6.8L जति कम गर्छ ।

चेरी टिग्गो एट प्रो को लम्बाई, चौडाई र उचाई क्रमशः 4722/1860/1745 मिलिमिटर छ । चेरी टिग्गो एट प्रो पारिवारिक शैलीमा नयाँ पुस्ताको ‘पिक ग्रिल’ डिजाइन अवधारणामा आधारित छ । यसमा भएको इन्टिग्रेटेड डाइनामिक टर्निङ सिग्नल सहितको फुल एलईडी हेडल्याम्प र म्याट्रिक्स डायमण्ड जस्तो फ्रन्ट ग्रिल डिजाइनले एक अद्वितीय, त्रि–आयामिक र हार्ड–एज्ड भिजुअल इफेक्टको प्रतिनिधित्व गर्दछ ।

यसका साथै टायर प्रेसर मोनिटरिङ सिस्टम, १८ इन्चको अलोय ह्विल, मेमोरी इनेबल मिरर, स्टाइलिस एलईडी ब्रेक लाइट र सिक्वेन्सियल टर्न सिग्नलसहितको एलईडी टेलल्याम्पले कलात्मक सुन्दरता र उच्च प्रविधिको साथ फ्ल्यागशिप दृश्य अनुभवलाई पुनः आकार प्रदान गर्छ । यसमा १९६ मिलिमिटरको प्रभावशाली ग्राउन्ड क्लियरेन्स छ जसले यसलाई सबै भू–भागका लागि उपयुक्त बनाउँछ ।

चेरी टिगो ८ प्रोको इन्टेरियर लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट डिजाइनमा आधारित छ, जसमा सोनी साउन्ड सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, क्रुज कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधिको प्रयोग औलाको टुप्पाबाटै गर्न सकिन्छ भने इन्टेलिजेन्ट भ्वाइस कमान्ड र मल्टी फङसनल स्टेयरिङ ह्विलको समेत प्रयोग गर्न सकिन्छ ।

चेरी टिग्गो एट प्रोमा भएको एचडी फ्लोटिङ सेन्टर एलसीडी स्क्रिनमा १९२० बाई ७२० सम्मको रिजोल्युसन छ र यसमार्फत फोनका साथसाथै इन्स्ट्रयुमेन्ट प्यानलको प्रयोग गर्न सकिन्छ र मल्टिमिडिया, ड्राइभिङ जानकारी र अन्य फङसनको वारेमा आवश्यक जानकारी प्रदान गर्छ ।

मोबाइल फोन, एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, हाई डेफिनेसन टचस्क्रिनका साथै कारमा भएको वायरलेस चार्जरको संयोजनले आरामदायी, प्रयोगकर्ताका लागि सहज र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्छ । १२.३ इन्चको आकर्षक इन्स्ट्रयुमेन्ट क्लस्टर र १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टमका साथै ८ इन्चको एलसीडी एयर कन्डिसनर सिस्टम टेक्नोलोजीको संयोजनबाट ट्रिपल–स्क्रिन अन्तरक्रियाको अनुभव गर्न सकिन्छ ।

प्रयोगकर्ता–अनुकूल र अति–सुविधाजनक हाई–टेक कन्फिगरेसनहरूको सन्दर्भमा समेत चेरी टिग्गो एट प्रो मा धेरै सुविधा उपलब्ध छन् । स्मार्टफोनका लागि फास्ट वायरलेस चार्जिङ, अटोमेटिक फोल्डिङ र इलेक्ट्रिक हिटिङका साथै एन्टी फग फङसन भएका साइड मिरर जस्ता अटो उद्योगकै लिडिङ मानिने विभिन्न फिचरले सवारी धनीलाई सन्तुष्ट बनाउछ । यसमा भएको ३६० डिग्री बर्ड्स आई भ्यु प्यानोरामिक सुपर–डेफिनेसन ब्याकअप क्यामेराले पार्किङ गर्न सहज बनाउने मात्र होइन, फुर्सदिलो तरिकाले ड्राइभिङ अनुभव प्रदान गर्न समेत सहज बनाउछ ।

यो कारमा भएका डोर ओपनिङ वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ वा फरवार्ड कोलिजन वार्निङ, रियर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङका साथै विभिन्न स्थानमा भएका ६ वटा एयरब्याग लगायतका फस्र्ट इन क्लास सेफ्टी फिचर लगायतका एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले कारलाई निकै नै सुरक्षित बनाएको छ ।

यो कार रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लु, न्यु खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलरमा उपलब्ध हुनेछ । चेरी टिग्गो एट प्रो फ्ल्यागसिप मोडलको मूल्य रु ९९ लाख ५० हजार तोकिएको छ । Chery Automobile Co. Ltd. को स्थापना सन् १९९७ मा भएको थियो । यो चीनमा अवस्थित विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो ।

विगत २० वर्षमा, चेरीले पाँचवटा विश्वव्यापी अनुसन्धान र विकास आधारहरूमार्फत ५ हजार ५ सयभन्दा बढी सदस्यहरूको अनुसन्धान र विकास टोली स्थापना गरिसकेको छ, र चिनियाँ अटोमोबाइल ब्रान्डहरूमध्ये इन्जिन, ट्रान्समिसन, चेसिस र अन्य मुख्य प्रविधिहरूको सबैभन्दा शक्तिशाली अनुसन्धान र विकास क्षमता छ । सन् २०१२ मा चेरी र ज्यागुअर ल्यान्ड रोभर मोटर्सले चेरी ज्यागुअर ल्यान्ड रोभर मोटर्स कम्पनी लिमिटेडको स्थापनाका लागि संयुक्त रूपमा लगानी गरेका थिए ।

You might also like

Comments are closed.