रौतहट । लोकपर्व छठको अवसरमा सरकारले दिँदै आएको एक दिने सार्वजनिक बिदामा पुनर्विचार गर्न मधेसी अधिकृत समाज नेपालले माग गरेको छ । समाजका अध्यक्ष भूदेव झाले जारी गरेको विज्ञप्तिमा चार दिनसम्म मनाइने यो महापर्वका लागि एक दिनको बिदा पर्याप्त नभएको उल्लेख गरिएको छ ।
समाजले व्रतालु, विद्यार्थी र कर्मचारीलाई हुने असुविधा तथा धार्मिक आस्थाप्रति हुने अनादरलाई मध्यनजर गर्दै बिदाको अवधि बढाउन सरकारलाई आग्रह गरेको छ ।









Comments are closed.