साना तथा मझौला व्यवसायीका सुख दुखको सारथी बन्न चाहन्छुः आत्रेय

छत्रधर आत्रेय, केन्द्रीय सदस्यको उम्मेदवार (जिल्ला तथा नगरतर्फ), नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उम्मेदवारी दिएका छन् । साना तथा मझौला व्यवसायीलाई वर्तमान अवस्थामा परेका समस्या नीतिगत रुपमा सुधार तथा समाधान गर्न आवश्यक रहेको र आफू त्यसका लागि काम गर्ने तयारीसहित महासंघमा जान लागेको आत्रेयले बताए । ‘व्यवसायीका समस्या केकस्ता छन् मलाई जानकारी छ,’ उनले भने, ‘बर्तमान समयमा सम्पूर्ण निजी क्षेत्र समस्या छ । साना तथा मझौला व्यवसायी अझै बढी पीडामा छन् । म उनीहरुको सुख दुखको सारथी बन्न चाहन्छु ।’

कुन ठाउँका व्यवसायीका समस्या के कस्ता छन् पत्ता लगाई एकीकृत गरेर नीतिगत सुधार तथा समाधानका लागि लाग्ने उनले बताए । ‘हामीले महासंघमा गएर गर्न सकिने कुरा धेरै छन् । अब काम गर्नुपर्छ,’ उनले भने, ‘कतिपयमा आन्दोलन, विरोध तथा हड्ताल गरेर समस्या समाधान हुन्छ भन्ने धारणा पनि छ । तर, त्यो समाधानको उपाय होइन । अब नीतिगत तहमा नै हाम्रा एजेण्डालाई पुर्याउन आवश्यक छ ।’

अहिलेको परभेषमा व्यवसायीले रोजगार कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले निजी क्षेत्रलाई प्रोत्साहन जरुरी रहेको बताए । ‘राज्यबाट व्यवसाय प्रवर्द्धनका लागि विभिन्न प्याकेज आएका छन्, अनुदानका कुरा आएका छन् तर प्रभावकारी रुपमा कार्यान्वयन भएका छैनन् । राज्यले अध्ययन नै नगरि बनाईका नीति तथा कार्यक्रमका कारणले गर्दा कुनैपनि कुरा राम्रो हुन सकेको देखिएको छैन । स्थानीय सरकार, प्रदेश सरकार, संघिर सरकार सवैले गहिरिएर निर्क्यौल गरेर समाधानका उपाय पत्ता लगाएर अगाडी बढ्न आवश्यक छ,’ आत्रेयले भने ।

jutta mela

महासंघमा पद र पहिचानका लागि धेरै अनुहार आएपनि समस्या समाधानका लागि खासै उल्लेखनीय काम हुन नसेको उनले बताए । व्यवसायीका समस्या समाधानका लागि पहल तथा निराकरण गर्नुका साथै महासंघसँग जिल्ला तथा नगरका उद्योग वाणिज्य संघको सम्वन्धलाई थप प्रगाढ बनाउन पनि आफूले उम्मेदवारी दिएको उनले बताए ।

जिल्ला तथा नगरतर्फबाट महासंघको केन्द्रीय सदस्यमा आफूलाई अत्याधिक मत प्राप्त हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

You might also like

Comments are closed.