काठमाडौं । नेपालमा उत्पादन हुने छुर्पीको गुणस्तरमा सरकारले गुणस्तर तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले छुर्पीको गुणस्तर मापदण्ड निर्धारण गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ। गाई, भैंसी, चौँरीगाईको दूधबाट बनाइने सबै प्रकारका छुर्पीमा सरकारले तोकेको मापदण्ड अनिवार्य रुपमा पुरा भएको हुनुपर्ने छ ।
नयाँ मापदण्ड अनुसार छुर्पीको रासायनिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने छ । बजारमा बिक्री हुने वा निर्यात गरिने छुर्पीमा सुक्खा तौलका आधारमा कम्तीमा ६० प्रतिशत कुल दूधको प्रोटिन अनिवार्य व्यवस्था गरिएको छ ।
छुर्पी कडा र राम्ररी सुकेको हुनुपर्ने छ । ओसिलोपनाको मात्रा १४ प्रतिशतभन्दा बढी हुन नहुने र कुल भष्म ७ प्रतिशतभन्दा बढी हुन नहुने प्राविधिक सीमा रहेका छन् । छुर्पीमा अखाद्य पदार्थ मिसाउन सरकारले निषेध गरेको छ । ढुसी परेको, किरा लागेको, सडेको वा अखाद्य रङ प्रयोग भएको हुनु हुँदैन ।
उत्पादनदेखि प्याकेजिङसम्मको प्रक्रियामा ढुंगा, बालुवा, सिसा, धातुका टुक्राजस्ता अजैविक पदार्थ तथा कपाल, रौँ, भुस, पराल वा किरा–मुसाका अवशेषजस्ता जैविक फोहोर भेटिन नहुने सरकाले मापदण्डमा उल्लेख गरेको छ । ‘ई–कोली’ र ‘साल्मोनेल्ला’ जस्ता सुक्ष्म जीवाणु छुर्पीमा हुनुहुँदैन ।
छुर्पीको प्याकेजिङ र लेबलिङलाई पनि व्यवस्थित गर्न छुर्पीलाई सफा र सुक्खा ‘फुड ग्रेड’ प्याकेटमा सिलबन्द गरी प्याकेजिङ गर्नुपर्ने हुन्छ ।
छ ।




Comments are closed.