बेइजिङ । चीनले वर्षको पहिलो ११ महिनामा प्राकृतिक ग्यास उत्पादनमा तीव्र वृद्धि गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ।
देशको प्राकृतिक ग्यास उत्पादन जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा कुल १८६ अर्ब घनमिटर भएको पुगेको छ जुन एक वर्ष अघिको तुलनामा ८.९ प्रतिशत र २०१९ को तुलनामा १९ प्रतिशतले बढेको हो ।
राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार नोभेम्बरमा मात्रै चीनले १७.७ बिलियन घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ । ,रासस/सिन्ह्वा
Comments are closed.