काठमाठौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले घट्दो जन्मदर संकटको सामना गरिरहेको छ। यसको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउने दम्पतीलाई अनुदानको घोषणा गरेको छ।
चीनले अब ३ वर्ष मुनिका बच्चाहरुका लागि दम्पतीलाई प्रतिबच्चा वार्षिक ५०० डलर (लगभग ७० हजार रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ। यो अनुदान तीन बच्चाका लागि १ हजार ५०० डलर (लगभग २ लाख ७ हजार रुपैयाँ)सम्म हुन सक्छ।
चीनमा जन्मदर बढाउन सोमबार यो नीति घोषणा गरिएको होे। सरकारी मिडियाका अनुसार चीनको यो नीतिले लगभग २ करोड परिवारलाई आफ्ना बच्चाको पालनपोषणमा मद्दत गर्नेछ।
जन्मदर बढाउन चीनले लगभग एक दशकअघि एउटा बच्चा जन्माउने नीति समाप्त गरिसकेको छ। त्यसपछि पनि जन्मदर घट्दै गइरहेको छ। –एजेन्सी
Comments are closed.