पोखरा । फिस्टेल एकेडेमी पोखराका अध्यक्ष अध्यक्ष चिनु रानाभाट निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) को प्राज्ञिक परिषद् सदस्यमा मनोनीत भएका छन् । यस अगाडि उनी प्याब्सनको केन्द्रीय सदस्य भएरसमेत काम गरिसकेका छन् ।
प्याब्सनका अध्यक्ष डिके ढुंगानाले रानाभाटलाई उक्त पदमा मनोनीत गरेका हुन् ।
शिक्षा क्षेत्रमा लामो समयको अनुभव संगालेका रानाभाटले प्याब्सनको प्राज्ञिक परिषद सदस्य भएर अनुसन्धान, शैक्षिक स्तरोन्नति र शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याउने विश्वास गरिएको छ ।
आफूलाई विश्वास गरी प्याब्सनको प्राज्ञिक परिषद् सदस्यमा मनोनीत गरेकोमा रानाभाटले आभार व्यक्त गरेका छन् । आफ्नो तर्फबाट सक्दो योगदान पुर्याउने उनको प्रतिबद्धता छ ।
रानाभाटको नेतृत्वमा सञ्चालित फिस्टेल एकेडेमीले पोखरामा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरिरहेको छ । अन्तर्राष्ट्रियस्तरका भौतिक पूर्वाधारसहित सञ्चालित फिस्टेल एकेडेमी नेपालको उत्कृष्ट शिक्षण संस्था मध्येमा पर्न सफल छ ।
Comments are closed.