‘मोर्डन एजुकेशन’को थिममा ‘प्रोग्रेसिभ एजुकेशन’सहित अगाडि बढ्दै फिस्टेल

चिनु रानाभाट, अध्यक्ष, फिस्टेल एकेडेमी

पोखरामा रहेका शैक्षिक संस्थामा छुट्टै पहिचान स्थापित गर्न सफल विद्यालय हो फिस्टेल एकेडेमी । फिस्टेलले ‘मोर्डन एजुकेशन’को थिममा रहेर प्रोग्रेसिभ एजुकेशन प्रदान गरिरहेको छ । पोखरामा प्रोग्रेशिभ एजुकेशनको आवश्यकता महसुस गरी विद्यालयलाई सोही अनुसार अपग्रेड गरिएको बताउँछन् फिस्टेलका अध्यक्ष चिनु रानाभाट । विद्यालयको शैक्षिक, भौतिक तथा विभिन्न अवस्थामा केन्द्रित रहेर रानाभाटसँग रविना ढकालले गरेकोे कुराकानी ।

फिस्टेल एकेडेमीले कसरी अध्ययन अध्यापनको व्यवस्था मिलाएको छ ?

अहिले हामीले ‘मोर्डन एजुकेशन’को थिममा रहेर काम गरिरहेका छौं । यो भनेको प्रोग्रेसिभ एजुकेशन हो । विद्यालय भनेको मासमा अध्यापन गराउने ठाउँ हो । पुर्वाधार तथा सुविधाबिना मोर्डन एजुकेशन प्रदान गर्न सकिँदैन । प्रोग्रेसिभ भनेको ५० प्रतिशत त सुविधामै ध्यान दिने कुरा हो । हामी अभ्यासमा आधारित (आईबी फिलोसफी) रहेर अध्यापन गराउँदै आएका छौं । आइबी भनेको धेरैभन्दा धेरै अध्यास गराउने भन्ने नै हो । हामी विषयवस्तुअनुसार अभ्यास गराउछौं । जस्तो कि हामीले स्विमिङका बारेमा पढाउँदा अभ्यासमै स्विमिङ गराउँछौं । मार्केटको बारेमा अध्ययन गराउँदा मार्केटकै रिसर्च गराउछौं । हामी नयाँ शैलीबाट जान खोजेका छौं, पोखरामा यो नयाँ अभ्यास पनि हो ।

उपत्यका बाहिर हाम्रो विद्यालय नेपालभरमा पहिलो आईभी विद्यालय हो । आईबीबाट मान्यता प्राप्त हुन भौतिक पूर्वाधार पनि सोही मापदण्ड अनुसार हुनुपर्छ । सोहीअनुसार जनशक्ति हुनुपर्छ र सोही लेभलको एउटा थिम दिनुपर्छ । जनशक्ति, विद्यालयले दिने सुविधा, लगानीकर्ताको भिजन (लक्ष्य) लगायत हेरेर मात्र आइभी मान्यता प्रदान गरिन्छ । संसारका प्रायः विकशित देशहरूमा आइबी एजुकेशन लागू भएको छ । अमेरिकामा करिब ७५ प्रतिशत स्कूलमा आइबी सिद्धान्तबाट अध्ययन अध्यापन हुन्छ । थोरै विद्यार्थी राखेर गुणस्तरीय र आधुनिक शिक्षा दिने काम यस विधिमा हुन्छ, जुन हामीले पनि दिँदै आएका छौं । यसमा १५ जनादेखि बढीमा ३० जनासम्म विद्यार्थी राख्न सकिन्छ । विद्यार्थीलाई ग्रुप वर्क र प्राक्टिकल वेसबाट पढाइन्छ । कक्षाकोठा पनि सोहीअनुसार बनाइएको हुन्छ । हामी त्यही अनुसारका मापदण्ड पूरा गरेका छौं ।

सुविधा सम्पन्न तथा स्तरीय भौतिक संरचना छन् । विद्यालयमा नवीनतम तथा आधुनिक विधि तथा पद्धतिको प्रयोग गरी शिक्षण गरिन्छ । विद्यार्थी केन्द्रित विधि तथा प्रविधि प्रयोग गरिन्छ । औपचारिक शिक्षासँगै अन्य गतिविधि सञ्चालन गर्ने गरेका छौं, जसले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

फिस्टेल पहिले र अहिलेमा के फरक छ ?

हिजो हामी मास बेसमा थियौं । एउटा क्लासमा ४० जना राख्थ्यौं र लेक्चर मेथडबाट पढाई हुन्थ्यो । अहिले त्यस्तो छैन । विद्यार्थीको सीमित संख्या, तोकिएको सुविधा हुनुपर्छ र शिक्षक पनि त्यो स्तरबाट अपग्रेड भएको हुनुपर्छ । हामीसँग हुनुभएका सबै शिक्षक प्रविधिमैत्री हुनुहुन्छ । कक्षा कोठा पनि प्रविधिमैत्री छ । मल्टी मिडिया, टिभीबाट हामी पढाउछौं । आफूले पढाउने विषयवस्तु शिक्षकले डिजिटल्ली क्रिएट गरेर ल्याउनुपर्छ । होमवर्क तथा असाइन्मेन्ट पनि हामी गुगल क्लासबाट पठाउछौं । कहिलेकाही विद्यार्थी अनुपस्थित भएमा पनि त्यो दिनमा के के पढाई भयो भनेर उसले सबै मेटेरियल पाउँछ । हरेक दिनको इन्फरमेसन हामी अभिभावकलाई पठाउछौं र चेकिङ, क्रस चेकिङ गर्ने काम गर्छौं । अभिभावक पनि डिजिटल तथा टेक्नोलोजीफ्रेण्ड्ली हुनुपर्छ । हामीले आवश्यक सबै कुरा गुगल क्लासमा अथवा डिजिटल माध्यमबाट नै पठाउछौं । अभिभावकले पनि आफूलाई अपग्रेड गराउनु पर्छ । कतिपयले छोराछोरी पढाउन काठमाडौं तथा भारतका विभिन्न स्थानमा लाने गर्नुभएको छ अब अभिभावकले आफ्ना छोराछोरी पढाउनका लागि पोखरा वाहिर लैजानु पर्दैन । पहिला प्रोग्रेसिभ तरिकाबाट पढाउन पोखरामा हाम्रो जस्तो स्कुल थिएन र बाहिर लैजानुहुन्थ्यो, अब लैजानुपर्दैन । अहिले पोखरा तथा आसपासका मात्र नभई काठमाडौं तथा विदेशका बच्चाहरु पनि हामीकहाँ हुनुहुन्छ । अहिले फिस्टेल इन्टरनेशनल स्टाण्डर्डको विद्यालय बनेको छ । अन्तर्राष्ट्रियस्तरको विद्यालयको अभावलाई पुरा गरेको छ फिस्टेल एकेडेमीले ।

फिस्टेललाई प्रोग्रेसिभ एजुकेशनमा लैजानुपर्छ भन्ने सोच कसरी आयो ?

पोखरामा पनि नयाँ शुरुवात गनूपर्छ भनेर हामीले यसको अवधारणा शुरुवात गरेका हौं । पोखरामा अझैपनि २÷४ वटा त्यस्ता विद्यालय हुनुपर्छ । जसले गर्दा ट्रेडिसनल एजुकेशन सिस्टम भएका स्कुल फेज आउट हुन्छन् । बच्चालाई कुटेर, गाली गरेर, ह्यारेस गराएर, उसको क्रिएटिभिटी मारेर अध्ययन अध्यापन गराउन सकिदैन । बच्चाको क्रिएटिभिटी र उसको ट्यालेन्ट कसैलेपनि हरण गर्नुहुदैन । उससँग भएको क्षमतालाई एक्स्पोज गर्नुपर्छ । उसलाई लिमिट एरियामा राख्नुहुदैन । सुविधा दिन सकिदैन भनेर कन्ट्रोल गरिनु ट्रेडिसनल एप्रोच हो । ट्यालेन्सी भनेको ऐकेडेमिक कुरामा मात्र हँुदैन अनि विद्यालय पनि रिजल्ट ओरिएन्टेड हुनुहुँदैन । बच्चाको क्षमतालाई एक्सप्लोर गर्नुपर्छ । उसको क्षमतालाई प्राथमिकता दिनुपर्छ ।

फिस्टेलमा विद्यार्थीको अवस्था कस्तो छ ?

पोखरामा एउटा मात्र प्रोग्रेशिभ स्कुल छ । त्योे स्कुलमा विद्यार्थी कभर नहुने भन्ने हुँदैन । कतिपय अवस्थामा प्रोगेशिभको वारेमा ज्ञान छैन । २/३ हजार विद्यार्थी संख्या हुने विद्यालय र फिस्टेलमा के फरक छ भन्ने थाहा पाउनु पर्यो । अभिभावकले यस बारेमा थाहा पाएपछि विद्यार्थी आउने क्रम बढ्छ । आफूलाई अपडेट राख्ने अभिभावकले यहाँ विद्यार्थी ल्याउनुभएको छ । हामीले चिनेका र यसबारे ज्ञान भएका प्राय अभिभावक हामीसँग हुनुहुन्छ तरपनि हामी अझै फुलफिल हुन सकेका छैनौं । करिव ५० प्रतिशत डक्टरका बच्चा हाम्रोमा ल्याउनुभएको छ । हामीसँग चीन, रसिया, ताइवान लगायतका देशका बच्चाहरु हुनुहुन्छ । अमेरिका अष्ट्रेलिया लगायतका देशमा रहनुभएका एनआएनका छोराछोरी पनि हामीसँग हुनुहुन्छ । पोखराका कतिपय अभिभावकलाई प्रोग्रशिभ एजुकेशनबारे जानकारी पनि छैन । आफू अपग्रेड हुनुभएका अभिभावकले छोराछोरी ल्याउनु भएको छ ।

भौतिक पुर्वाधारको अवस्था कस्तो छ ?

बिरौटाको १८ रोपनी जग्गामा शैक्षिक तथा प्रशासकीय भवन र त्यसका अतिरिक्त २२ रोपनी जग्गामा खेल मैदान निर्माण गरिएको छ । जुन खेल मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितासमेत सञ्चालन गर्न सकिन्छ ।

एकेडेमीमा वातावरण अनुकुलित र फराकिला कोठा छन्, जसमा विद्यार्थीहरु ठेलमठेल गरेर बस्नुपर्दैन । सबै कक्षा कोठा स्मार्ट र डिजिटल प्रविधियुक्त छन् । विद्यार्थीले कोर्स र अतिरिक्त ज्ञानका लागि प्रयोग गर्न आधुनिक शैलीको पुस्तकालय निर्माण गरिएको छ । जसमा इ लाइब्रेरी छुट्टै छ । अतिरिक्त क्रियाकलाप र सेमिनारका लागि तलैपिच्छे सुविधा सम्पन्न हलसमेत बनाइएको छन् । विज्ञान, कम्प्युटर र अन्य विषयगत सिकाइका लागि सुविधा सम्पन्न प्रयोगशाला छन् । सिनियर र जुनियर लेभलका विद्यार्थीलाई छुट्टाछुट्टै कम्प्युटर ल्याबको पनि सुविधा छ ।

प्लस टु अध्ययन गर्न चाहने विद्यार्थीका लागि कस्तो व्यवस्था गर्नुभएको छ ?

प्लस टु मा पनि हामी फरक तरिकाले जान खोजेका छौं । माइ सेकेन्ड टिचरले नेपाल सरकारको कोर्षलाई क्याव्रिज एप्रोचमा डिजाइन गरेको छ । त्यो पनि प्रोग्रेशिभको पार्ट हो । हामी अहिले त्यही तरिकाबाट जान खोजेका छौं । उहाँहरुसँग सम्वन्धन लिएर सोही अनुशार शुरु गर्ने तयारीमा छौं । हाल साइन्स र म्यानेजमेन्टमा १२ कक्षासम्मको पढाई भइरहेको छ । आगामी दिनमा उच्च शिक्षाका अन्य कक्षासमेत सञ्चालन गर्ने योजना बनाएका छौं ।

कक्षा ११ र १२ को पढाई भनेको विद्यार्थीको भविष्य निर्धारण गर्ने समय हो । विद्यार्थीको लागि उचित वातावरण सृजना गर्नुपर्छ । हामी सोही अनुशार वातावरण सृजना गरेर अध्यापन गराउछौं । २ वर्ष फिस्टेलमा विद्यार्थी पढ्यो भने उसको भविष्य कस्तो बन्छ भन्ने ज्ञारेन्टी हामी गर्नसक्छौं । विद्यार्थीले के पढ्न चाहेको छ सोही अनुशार सल्लाह दिन्छौं । आफ्ना छोरछोरीको इच्छा, चाहना तथा क्षमता अनुशार पढाउन पनि म अभिभावकलाई सल्लाह दिन्छु । यो समय भनेको विद्यार्थीको लागि धेरै महत्वपूर्ण समय हो । प्लस टु पछि के अध्ययन गर्ने कुन फिल्डमा जाने भन्ने कुरा पनि निर्धारण हुन्छ ।

lcci
You might also like

Comments are closed.