चितवन । चितवन अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा कुल बहादुर क्षेत्री निर्वाचित भएका छन् ।
शनिबार चितवनमा सम्पन्न २२औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्वितीय उपाध्यक्षमा प्रशान्त पौडेल, तृतीय उपाध्यक्षमा देवी बराल, सचिवमा मोहन के.सी., कोषाध्यक्षमा रामशरण भट्टराई, सह–सचिवमा अविनाश श्रेष्ठ र सह–कोषाध्यक्षमा विवस पिया निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा सुस्मिता शाह, वसन्त देवकोटा, दीपक प्रसाद कंडेल, किरण सापकोटा, जोगेन्द्र प्रधान, हिमान्शु जोशी निर्वाचित भएका छन् ।
क्षेत्रगत सदस्यमा चिरञ्जीवी अर्याल र रस्किन अधिकरी निर्वाचित भए ।
Comments are closed.