चितवन । चितवन अटोमोवाइल्स एशोसिएसनको ३३औँ स्थापना दिवसको अवसरमा “रक्तदान जिवनदान, रक्तदान महादान” भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै चितवन अटोमोवाइल्स एशोसिएसन र अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि.को संयूक्त आयोजनामा “खुल्ला रक्तदान कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष मोहन केसी र कृष्ण प्रसाद काफ्लेको अध्यक्षतामा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरिञ्जिवी सुवेदीको प्रमुख आतिथ्यमा ६६ जनाले रक्तदान गरे, जसमा ६ जना महिला सहभागी थिए। कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य, सल्लाहकार समिति, अटोमोवाइल्स व्यवसायी संघ र डिलर्स एशोसिएसनका प्रतिनिधिहरू अतिथि रूपमा उपस्थित थिए।
अध्यक्ष मोहन केसीले संस्थाका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष र सदस्यप्रति आभार व्यक्त गर्दै स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथिले स्वयं रक्तदान गर्दै मानविय कार्यमा सहकार्यको सन्देश दिएका थिए । कार्यक्रममा मनकामना हस्पिटल प्रा. लि.बाट निशुल्क कोलेस्ट्रोल जाँच सेवा समेत प्रदान गरिएको थियो ।
कार्यक्रम संयोजन संस्थाका दोस्रो उपाध्यक्ष सुमन बर्तौलाले गरेका थिए भने संचालन सचिव पुर्णभद्र सापकोटाले गरेका थिए । कार्यक्रममा सहयोग गर्ने सिद्दिविनायक ईन्टरप्राइजेज, एभ्रिडे सपिङ सेन्टर र मनकामना हस्पिटललाई धन्यवाद व्यक्त गरिएको छ ।





Comments are closed.