चितवन । चितवनमा आयोजित चितवन अटो शो २०२६ निकै सम्पन्न भएको छ। अटोमोबाइल क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको शोले आर्थिक र व्यावसायिक दृष्टिकोणले सफलता हासिल गरेको संयोजक राजन पियाले बताए ।
प्रदर्शनीका क्रममा एक अर्ब रूपैयाँ भन्दा बढीको आर्थिक कारोबार भएको र ३ सय भन्दा बढी विभिन्न प्रकारका सवारी साधन बिक्री भएको आयोजकले जनाएको छ।
८,५०० भन्दा बढी दर्शकहरूले प्रत्यक्ष रूपमा अटो शो को अवलोकन गरेका छन् । चितवन अटोमोबाइल एसोसिएसन र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले संयुक्त रूपमा अटो शो आयोजना गरेका थिए ।







Comments are closed.