चितवन । चितवन उद्योग वाणिज्य संघ टोलीको व्यावसायिक अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।
भ्रमणका दौरान विभिन्न उद्योग वाणिज्य संघले स्थानीय उद्योग, व्यवसाय र बजारको वस्तुस्थितिबा वारे गराइएको जानकारी तथा उपलब्ध गराएको महत्वपूर्ण पृष्ठपोषण अत्यन्तै फलदायी र मार्गदर्शक बनेको संघका उपाध्यक्ष राजन पियाले बताए । ‘व्यस्त कार्यतालिकाका बावजुद पनि हामीलाई अमूल्य समय दिनु भई कार्यक्रमलाई भव्य रूपमा सफल पार्न यहाँहरुको संघ र कार्यसमितिले खेल्नुभएको भूमिका सराहनीय छ’, पियाले भने ।
भ्रमणले संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाएको र आगामी दिनहरूमा पनि आपसी हितका यस्ता रचनात्मक कार्यक्रममा सहकार्य जारी रहने संघले जनाएको छ ।
जेठ १७ गतेदेखि २० गते सम्म भ्रमणका टोलीले सिद्धार्थ उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, दाङ जिल्ला उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ, सल्यान उद्योग वाणिज्य संघ, रुकुमकोट उद्योग वाणिज्य संघ, ढोरपाटन उद्योग वाणिज्य संघ, बागलुङ उद्योग वाणिज्य संघ, म्याग्दी उद्योग वाणिज्य संघ, पर्वत उद्योग वाणिज्य संघ, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र तनहुँ उद्योग वाणिज्य संघ लगायतले गरेको स्वागत, आतिथ्यता र सहजिकरणप्रति आभार प्रकट गरेको छ ।








Comments are closed.