पर्यटन प्रवर्द्धनको लक्ष्यसहित मोटरसाइकल यात्रामा निस्कदै चितवनका व्यवसायी

भरतपुर । हिमालयन राइडर्सको व्यवस्थापनमा मोटरसाइकल यात्रा हुने भएको छ । चितवनका अटोमोबाइल्स व्यबसायी यूवाहरू चार दिनका लागि यात्रामा निस्कन लागेका हुन् । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित चितवनको भरतपुरबाट यात्रा सुरु हुनेछ ।

रूकुम पूर्वको एक हजार वर्ष पूरानो टकसेरा गाउँलाई मुख्य गन्तव्य मानी ‘एक्स्प्लोरिङ रुकुम’ टाइटलका साथ यात्रा आयोजना गरिएको व्यवसायी अमृत जोशीले जानकारी दिए ।

जेठ १४ गतेबाट १७ गतेसम्म यात्रा चल्नेछ । कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाको साथ रहेको जोशीले जानकारी दिए । यात्राको संस्थागत सहयोगीमा लायन्स क्लब अफ चितवन अटोमोबाइल्स रहेको छ भने मिडिया पार्टनरमा आर्थिक आवाजले साथ दिएको छ । टेक्निकल पार्टनरमा लक्की मोटरसाइकल वर्कसपको साथ छ ।

त्यसैगरी व्यावसायिक सहयोगीमा सेन्टर कलेज भरतपूर, हिमानी एजुकेसन, मनकनमना पार्टस उद्योग र भि.एस.के. पार्टसको साथ छ ।
यात्रा नारायणगढदेखि पोखरा, वाग्लुुङ हुँदै मध्य पहाडको आर्थिक मेरूदण्ड मानिएको मध्यपहाडी लोक मार्गलाई पछ्याउँदै घोडाबाने, गलकोट दरवार, बुर्तीवाङ बजार, पातिहाल्ने भन्ज्याङ, चौरीखर्क, महत गाउँ, रूकुमकोट, टकसेरा पुग्नेछ । त्यस्तै वामिटक्सार, पवित्र स्थल रिडी, प्रेमको प्रतीक रानिमहल, अवलोकन गरि चीनको कोरला नाका जोड्ने महत्वकाङछी सडक कालीगण्डकी करिडोरको पाल्पा रामपूर हुँदै नारायणगढमा आइ यात्रा समापन हुनेछ ।

You might also like

Comments are closed.